Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALहिमाली साँस्कृतिक परिवारमा ज्ञानबहादुर थापा

हिमाली साँस्कृतिक परिवारमा ज्ञानबहादुर थापा

हिमाली साँस्कृतिक परिवारमा ज्ञानबहादुर थापा
पोखरा, ४ भाद्र
नेपाली लोकसँस्कृति बचाऔं नाराका साथ २०५४ सालमा स्थापित हिमाली साँस्कृतिक परिवारको ११ औं अधिवेशनले ज्ञानबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय सर्वसम्मत कार्यसमिति गठन गरेको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा गजबहादुर गुरुङ, उपाध्यक्षमा श्रीजंग गुरुङ, महिला उपाध्यक्षमा मनसुवा नेपाली, सचिवमा मनबहादुर(माधव) गुरुङ, सहसचिवमा डबिन गुरुङ, कोषाध्यक्षमा महादेव न्यौपाने र सहकोषाध्यक्षमा सबिन गुरुङ चयन हुनुभएको छ।

यसरी नै सदस्यहरुमा इश्वरी राना, सनबहादुर गुरुङ, टोपबहादुर खत्री(तेज केसी),संगिता आले, बसन्त थापा,युवराज गुरुङ, नितु गुरुङ बी, दिलबहादुर गुरुङ, बिग्नेस थापा, बिक्रम थापा, हेमा परियार चयन हुनुभएको छ।

कार्यसमिति चयनका हिमाली साँस्कृतिक परिवारले मानार्थ सदस्य खेमबहादुर गुरुङको अध्यक्षतामा रुद्रकुमारी मैना गुरुङ र हुमबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो। नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक खेमबहादुर गुरुङले पद तथा गोपानयिताको सपथ ग्रहण गराउनुभएको थियो।

नवनिर्वाचित कार्यसमितिलाई परिवारका संरक्षक नरबहादुर शेरचन, निर्वाचन समितिका सदस्यहरु रुद्रकुमारी मैना गुरुङ, हुमबहादुर गुरुङ लगायतले अबिर, खादा फूलमालाले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। नवनिर्वाचित अध्यक्ष ज्ञानबहादुर थापाले हिमाली साँस्कृतिक परिवारको उद्धेश्य प्राप्तिका लागि कार्यसमिति सक्रियताका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

 

PHOTO ALBUM

 

 

 

 

 

 

 

हिमाली साँस्कृतिक परिवारको २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको उद्घाटन गर्नुहुदै प्रदेस प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक रामदत्त जोशीले शुभकामना व्यक्त गर्नुहुदै लोकसँस्कृति राष्ट्रको पहिचान भएकाले संरक्षण र विकासका लागि सबैको ध्यान जानुपर्ने बताउनुभयो। हिमाली साँस्कृतिक परिवारले लोकसँस्कृतिको संरक्षणका लागि भुमिकाको प्रसंसा समेत गर्नुभयो।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानको सदस्यसचिव मनकुमार श्रेष्ठ, सल्लाहकार रुद्रकुमारी मैना गुरुङ, निरज थापा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका सदस्यहरुले विभिन्न क्षेत्रमा सफलता र उदाहरणीय कार्यका लागि बधाई सम्मान गरिएको थियो भने विभिन्न सहयोगीहरुले मेनकाजी स्मृति कोषका लागि रकम हस्तान्तरण गरेका थिए।

साधारणसभामा परिवारका सचिव श्रीजंग गुरुङले प्रस्तुत गर्नुभएको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष महादेव न्यौपानेले प्रस्तुत गर्नुभएको प्रतिवेशन पारित गरिएको थियो।

परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा सपन्न कार्यक्रममा उपाध्यक्ष गजबहादुर गुरुङले स्वागत र सचिव श्रीजंग गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments