Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALहाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध प्रतियोगिताका विजेताहरूको घोषणा

हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध प्रतियोगिताका विजेताहरूको घोषणा

हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध प्रतियोगिताका विजेताहरूको घोषणा
काठमाडौं– जारी लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेख्न प्रोत्साहित गर्ने उद्देश्यले ‘पर्यटन प्रवद्र्धन मञ्च, नेपाल’ ले आयोजना गरेको ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिताका विजेताहरूको घोषणा गरिएको छ।  

मञ्चका संयोजक लिलाराम खड्काका अनुसार देशभरबाट प्राप्त ६७ वटा निबन्धबाट विज्ञ टोलीले उत्कृष्ट निबन्धहरू छनौट गरेको हो। प्रतियोगितामा गीता पौडेलको ‘सुपा देउराली’, रोशनी गुरुङको ‘याङ्जाकोट’ र बालिका थपलियाको ‘देउमाई’ शीर्षक निबन्ध उत्कृष्ट घोषित भएका छन्।  

 

देउमाई इलामको गन्तव्य हो भने सुपादेउराली अर्घाखाँचीको। त्यसैगरि याङ्जाकोट कास्कीका गाउँ हो।  

 

विजेताहरूलाई जनही ७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ। उनीहरूलाई वित्तिय संस्था मार्फत तुरुन्तै पुरस्कार रकम पठाइनेछ भने लकडाउन खुलेपछि प्रमाणपत्र प्रदान गरिने मञ्चले जनाएको छ।  

 

मञ्चले जेठ ३२ गतेभित्र गाउँघरको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक र सामाजिक पक्ष समेटेर १ हजार शब्दसम्मको निबन्ध इमेल मार्फत् पठाउन आब्हान गरेको थियो।  

 

प्रतियोगिताबाट मञ्च हौसिएको छ। ‘हाम्रो हिमाल, पहाड र तराई सबैतिर पर्यटकीय संभावना भएका थुप्रै ठाउँ छन्। त्यसैले ओझेलमा परेका गन्तव्यहरूलाई चर्चामा ल्याउन हामीले प्रतियोगिता गरेका हौं’, मञ्चका संयोजक खड्का भन्छन्, ‘आगामी दिनमा पनि हामी यस्तै कार्यक्रम गर्दै जानेछौं।’

 

मञ्च युवा पर्यटनकर्मीहरूको संस्था हो। यसले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न लकडाउनपछि ‘जाऔं है दोलखा’ अभियान सुरु गर्ने जनाएको छ। 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments