हङकङ १ मार्च २०२२ । हङकङमा कोरोनाको पाचौ लहरले निकै आक्रामकरुप लिएपछि हङकङ सरकारले यहि आउने मार्च १७ देखि १० दिने क्षेत्रव्यापी लकडाउन सुरुगर्ने भएको छ।
तर यसरी लकडाउन गर्दा शेयर बजार र बित्तीय गतिबिधिहरु भने बन्द गरिने छैन। सरकारी अधिकारीहरुले जनाएअनुसार हङकङमा बसोवास गर्ने सबै ७.५ मिलियन मानिसहरुलाई कोरोना परिक्षण गरिने लक्ष्य राखिएको छ।यसरी परिक्षण गर्दा हरेक ३ दिनमा प्रत्येक व्याक्तिलाई परिक्षण गरिनेछ।
लकडाउन गर्दा पनि अति आवस्यक कामको लागि भने बाहिर निस्कन भने दिईने छ। तर यत्तीकै भने मानिसहरुलाई घरबाहिर निस्कन दिईने छैन।
हङकङ सरकार प्रमुख क्यारी लामले भनेकी छन् ” मानिसहरुले गरेको कोरोना परिक्षणको आधारमा सम्पुर्ण निर्णय गरिनेछ। हङकङमा स्थिर आपूर्ति भएकोले मानिसहरूले सामान किन्न आत्तिनु पर्दैन।” तर सोमबार सुपरमार्केटहरूले मासु, चामल, तरकारी, फलफूल र चाउचाउ, डिब्बाबन्द खाना, फ्रोजन फूड र ट्वाइलेट पेपरहरुको स्टक नभएको देखाएका छन् ।
सोमबार बजारमा यति भिड बढेको देखियो की मानिसहरु सामान किनेर पैसा तिर्न लाईन वस्दा लाईनको अन्त्य अर्थात अन्तिम व्यक्ति कहाँ छ भनेर पत्तै नपाउने स्थिती थियो र बजारमा यस्तो पनि हल्ला फैलाईएको थियो कि सुपरमार्केट मध्येको ठुलो ParknShop अर्को सोमबार सबै २७० शाखाहरू बन्द हुदैछ भनेर भ्रामक समाचारहरु पनी देखिए तर उक्त कम्पनीले सो कुराको खण्डन गरेको छ।
त्यहाँका फार्मेसीहरू र औषधि पसलहरूमा, दुखाइ घटाउने र ज्वरो र अन्य फ्लू जस्तो लक्षणहरूको उपचार गर्ने सबै प्रकारका औषधिहरूको पनि आपुर्ति गर्न सकिरहेका थिएनन् किन भने हरेक डिस्पेन्सरीमा यी सामानहरु उपलव्ध थिएनन् ।
हिजो स्वास्थ्य सचिवले उत्कृष्ट सम्भावित नतिजा ल्याउन सामूहिक परीक्षणको लागि, अधिकारीहरूले समुदायमा न्यूनतम सामाजिक अन्तरक्रिया सुनिश्चित गर्न मानिसहरूको प्रवाहलाई प्रतिबन्धित र कम गर्नुपर्नेछ बताएकाछन् । चानले भने कि स्वास्थ्य अधिकारीहरूले सामूहिक परीक्षण योजना अघि रातभरि तालाबन्दी कार्यहरू तिब्ररुपमा अगाडि बढाउनेछन । उनले यसरी गरिने कार्यलाई साताको अन्त्यतिर सुरु गर्नसकिने कुरा पनि जानकारी गराइन्।
सेन्टर फर हेल्थ प्रोटेक्शनका प्रिन्सिपल मेडिकल र स्वास्थ्य अधिकारी, अल्बर्ट औ का-विंगले हिजो अधिकारीहरूले अझै पनि शहरव्यापी परीक्षणको विवरणहरूको संकलन गरिरहेका छन् तर मानिसहरूलाई कडाइका साथ आवश्यक नभएसम्म घरमै बस्नु पर्छ भनेर कडा नगरे सम्म यो कार्यगर्न संभव नहुने कुरा बताए।सो अवसरमा अधिकारीहरूले खाना किन्नेहरूका लागि विशेष व्यवस्था गर्न र डाक्टरहरुको अपोन्टमेन्टमामा जान भने दिईनेछ। प्रहरी, चिकित्सक र कोभिड विरोधी कार्यमा सहयोग पुर्याउने व्यक्तिहरू जस्तै केही पेशाहरूलाई पनि छुट दिइनेछ।
यसैबीच, लामले हिजो क्यान्टोनिज भाषामा आठ मिनेटको टेलिभिजन भाषण दिनुभयो र आगामी तीन महिनामा जनताको सहयोगको लागि आह्वान गर्दै, यसलाई महामारी विरुद्धको लडाईमा महत्वपूर्ण अवधिको रूपमा वर्णन समेत गरेकी छन्।उनले भनिन् कि अधिकारीहरूले आफ्नो सबै जनशक्ति र स्रोतहरू प्रयोग गर्ने छन् र कोभिड विरुद्धको लडाईलाई सफल पार्नका लागि आवश्यक सबै उपायहरू अवलम्वन गर्नेछन् ।
श्रोत : नारायण भण्डारी , हङकङ