Google search engine
Homeसमाचार | NEWSमनोरञ्जन | ENTERTAINMENTहङकङमा चलचित्र "ङ्हेल्स्यो-सैना" प्रदर्शन हुने

हङकङमा चलचित्र “ङ्हेल्स्यो-सैना” प्रदर्शन हुने

पोखरा : पाइला फिल्मसको ब्यानरमा निर्मित गुरुङ चलचित्र “ङ्हेल्स्यो-सैना” आगामी ६ अगस्ट हङकङको यामा ताइ कम्युनिटी सेन्टर जोर्डनमा साँझ ६ बजे प्रदर्शन हुने भएको छ ।

हङकङका टप माउन्टेन तेक्वान्दो संघका सञ्चालक मास्टर गणेश गुरुङले ङ्हेल्स्यो-सैना प्रदर्शनका लागि हल व्यवस्थापन सँगै कलाकारहरुलाई भिसा एप्लाई गर्न सम्पूर्ण अफिसियल कार्य अगाडि बढाएको छ । २०७७ सालमा रुपन्देहीको मधवलियामा पहिलो शो भएपछि पोखरामा भब्य भिआइपि शो भएको थियो । यस लगत्तै नेपालको विभिन्न ठाउँमा लगभग ३४औं पटक प्रिमियर शो भइ सकेको उक्त चलचित्र हाल बेलायतको विभिन्न प्रान्तमा प्रदर्शन भइरहेको कुरा चलचित्रका मुख्य निर्माता (रि.) ले.कर्ण गुरुङ बताउँछन् ।

चलचित्रका कार्यकारी निर्माता मिलन क्रोम्छें तमुको अनुसार चलचित्र भनेको मात्र मनोरञ्जनको साधन नभई हाम्रो भुगोल, भाषा, भेषभुषा, संस्कार, संस्कृति र परम्परालाई विश्व सामु चिनाउने एउटा माध्यम पनि हो । कोभिड-१९ का कारण समयमा हङकङ शो गर्न नसकेको बताउँदै यसपटक भने उक्त चलचित्रका अर्का निर्माता एवं कलाकार हङकङ बस्ने देब कुमारी गुरुङको संयोजकत्वमा पाइला फिल्मसका प्रोडक्सन म्यानेजर आश गुरुङ, चलचित्र टुकीका निर्माता एवं कलाकार इन्द्रमाया गुरुङ, खुशी फिल्मसका सञ्चालक खुशी गुरुङ, मगर संघ हङकङका पूर्व सल्लाहकार शक्तमान बुढाथोकी मगरले सघाउँदै आएका छन् । गुरुङ फिल्म एशोसियसन जिफानका केन्द्रीय सल्लाहकार एवं पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा घोताने मिलनको सल्लाहमा हङकङमा शो सम्पन्न गराउन उनको मिलन वर्ल्ड न्युजले मिडिया पार्टनरको रुपमा र व्यक्तिगत सहयोग गर्ने बताउँदै हङकङ डलर रु.२ हजार पनि सहयोग गरेको छ ।

यसैगरी हङकङका लागि मिडिया पार्टनरको रुपमा हङकङ दर्पण र पोखरामा गोर्खाली रेडियोले सञ्चार माध्यमबाट प्रचारप्रसारमा सघाउने भएको छ । गुरुङ र मगर समुदाय बीचको एक अमर सम्बन्ध “ङ्हेल्स्यो-सैना” लाई पाइला फिल्मसका निर्देशक उमान सिङ गुरुङ (माओत्सेतुङ) ले कथा लेखन तथा निर्देशन गरेको हो । यसैगरी यसका गीत संगीतमा मनोज गुरुङ, मिलन नेवार र मेलिना मानन्धरले आवाज दिएको छ भने तेजेन्द्र गुरुङले एरेन्ज गरेको हो । यसको सम्पादन फोर डि म्याक्सका सञ्चालक छबि रानामगरले गरेको हो ।

यसको कलाकारहरुमा स्नेहा गुरुङ (नायिका), बन्दना घर्तिमगर (नायिका) र विश्वात्म गुरुङ (सिसिमानु) (नायक) को भुमिकामा छन भने यसको ६०% छायांकन पर्वतको पैयुँखोला सेरोफेरोमा पर्ने अधिकांश गाउँ ठाउँमा र ४०% पोखरा आसपासमा गरिएको कुरा चलचित्रका कार्यकारी निर्माता मिलन क्रोम्छें तमु बताउँछन् । यसरी हङकङमा प्रदर्शन हुन गइरहेको चलचित्र “ङ्हेल्स्यो-सैना” लाई बेलायतबाट (रि.) ले.कर्ण प्रसाद गुरुङ र पान कुमारी गुरुङ (प्रेणा), हङकङबाट देब कुमारी गुरुङ र पोखराबाट कुमारी गुरुङ र तोल प्रसाद गुरुङले संयुक्तरूपमा लगानी गरेका छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments