स्याङ्जा समाज युकेले आफ्नो गृहजिल्लालाई कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि १०/१० लिटरको 6 वटा अक्सिजन कन्सन्ट्रेटर यंत्र सहयोग गरेको छ। उक्त यंत्र बिहिवार स्याङ्जा जिल्लामा रहेका पुतलीबजार नगरपालिका , वालिङ नगरपालिका ,गल्याङ नगरपालिका ,फेदिखोला गाउँपालिका , बिरुवा गाउँपालिका र अाँधीखाेला गाउँपालिकामा रहेको राजस्वाँरा पञ्चमूल स्वास्थ्य केन्द्रलाई स्याङ्जा समाज युकेका सल्लाहकार तथा नेपाल प्रतिनिधि रिटायर मेजर लच्छिम प्रसाद गुरुङले हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाकी मेयर सीमा कुमारी क्षेत्रीले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरससंग जुदिरहेको बेलामा बेलायतमा रहेका स्याङ्जा समाज युकेका सदस्यहरुले आफ्नो छाक काटेर यसरी कन्सन्ट्रेटर सहयोग गरेकोमा सम्पुर्ण नगरपालिका र गाउँपालिकाको तर्फबाट स्याङ्जा समाज युके र यस् अभियानलाई सफल पुर्याउन महत्त्व पुर्ण भुमिका खेल्नु हुने सस्थाका संरक्षक मेजर कुमार गुरुङ ,सल्लाहकार तथा नेपाल प्रतिनिधि रिटायर मेजर लच्छिम प्रसाद गुरुङ तथा वितरक भोलन्टिर कोर नेपाल (VCN)लाई धन्यवाद ज्ञापन गर्नुका साथै संस्थाको उन्नति प्रगतिको शुभकामना पनि व्यक्त गर्नुभयो । मेयर क्षेत्रीले नेपालमा हुँदा भन्दा विदेशमा रहदा नेपालको माया बढी लाग्ने भएकोले बेलायतबाट यसरी सहयोग प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो ।
स्याङ्जा समाज युकेका अध्यक्ष सारदा गुरुङको अध्यक्षता मा १५ मे २०२१ मा बसेको बैठकको निर्णय अनुसार बेलायतमा रहनु भएका स्याङ्जा जिल्ला बासी आफ्ना सदस्यहरुबाट सो इच्छाले संकलन भएको रकमबाट करिब १२ लाख साठी हजार रुपैयाँ बराबरको यंत्र सहयोग गरेको सल्लाहकार मेजर लच्छिम प्रसाद गुरुङले गोर्खाली रेडियोलाई बताउनुभयो ।
संस्थाले यस अघि पनि बाढी पहिरोमा परेका परिवारहरुलाई पनि विशेष सहयोग गरेको थियो । यसरी यो छोटो समय भित्र आफ्नो देशमा परिआएको बिपत्तिको बेला स्याङ्जा समाज युकेका संरक्षकहरु, सल्लाहकारहरु कार्यसमिति,आमा समुह तथा सदस्यहरु सबैले सहभागी जनाइ सहयोग पुर्याउनु भएकोमा अध्यक्ष सारदा गुरुङ लगायत संपूर्ण सहयोगी मनहरूलाई, नेपाल र स्याङ्जा बासीले विशेष धन्यवाद दिनु भएको छ।@Gurkhali Radio