Google search engine
Homeस्वास्थ्य | HEALTHस्याङ्जाको माझकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

स्याङ्जाको माझकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

वालिङ, १८ मंसिर / स्याङ्जा माझकोट सम्पर्क समिति, पोखराको आयोजनामा वालिङ नगरपालिका–३, माझकोटमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वालिङ नगरपालिका वडा नम्बर ३ को स्थानीय ब्यबस्थापन, कालिका आमा समुहको सहब्यबस्थापनमा सम्पन्न स्वास्थ्य शिविरमा कान्तिपुर डेण्टल हस्पिटल पोखरा, हिमालय आँखा हस्पिटल पोखरा, कास्की सेवा हस्पिटल पोखरा, माझकोट स्वास्थ्य चौकीको प्राबिधिक सहयोग र नेपाल जेस्युइट पाल्पाको औषधि सहयोग रहेको कार्यक्रम संयोजक लोकेन गुरुङले बताउनुभयो ।


शिबिरमा दन्त, आँखा, स्त्रीरोग र मेडिकल सम्बन्धी ३६५ जनाको स्वास्थ्य जाँच गरिएको सम्पर्क समितिका सचिव बिष्णुमाया गुरुङले बताउनुभएको छ भने साबिक माझकोट गाबिस र माझकोट माबिका विद्यार्थीहरु एवम् छिमेकी गाउँबासीको स्वास्थ्य परीक्षण गरिएको समितिका अध्यक्ष सु. लोकबहादुर गुरुङले बताउनुभयो।

समितिको सक्रियतामा यस अघि माझकोट माबिमा कम्प्युटर सेट, पुस्तकालय स्थापना गरिसकेको उपाध्यक्ष सु. उमानसिङ गुरुङले बताउनुभयो । साथै, भाबी दिनहरूमा माझकोट स्वास्थ्य चौकीलाई आवश्यकता अनुसारको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने लक्ष्य समितिको रहेको सचिव बिष्णुमाया गुरुङले बताउनु भएको छ ।

शिबिरलाई बुढाकोट र खरिचौर समाज पोखरा, भीरकोट माझकोट समाज पोखरा, राम्चेली गडभाइ समाज पोखरा, बाङ्खे समाज पोखरा, किरण होमियो तथा किरण एग्रो फार्म पोखरा, भीम गुरुङ, सुवास गुरुङ, सुरेन्द्र गुरुङ, राम गुरुङ, विपना गुरुङ, घनश्याम गुरुङ, सु. लोकबहादुर गुरुङ, गौमाया गुरुङ, शङ्कर बिरही गुरुङ ग्राफिक्स डिजाइन पोखरालगायतले सहयोग गरेको कोषाध्यक्ष सु. डम्बरबहादुर गुरुङले बताउनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments