Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALसेतो छडी सुरक्षा दिवस मनाइयो

सेतो छडी सुरक्षा दिवस मनाइयो

५८ औं अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवस २०२२ को अवसरमा गमनशिलता तथा सेतो छडी सचेतना कार्यक्रमको आयोजना गरि मनाइएको छ । दिवसको अवसरमा कास्की नेत्रहीन संघ वुढिबजार, पोखराले शनिबार पोखरामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै, प्रमुख अतिथि यातायात कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्यालले सेतो छडी लीएर वाटोमा हिड्नु भएका दृष्टीविहीनहरुका लागि कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । यात्राका क्रममा बाटोमा सेतो छडी लिएर हिड्नुभएका व्यक्तिहरुलाई भेट्नु भएमा सहयोग गर्नका लागि पनि प्रमुख रिज्यालले आग्रह गर्नुभयो । साथै छडीले दृष्टीविहीनहरुलाई यातायातको क्रममा साहारा र सुक्षामा सहयोग गर्ने विश्वास उहाँले लिनुभयो ।

मानव अधिकार आयोगका मानव अधिकार अधिकृत टंक खनालले कुनै पनि व्यक्तीको साथमा सेतो छडी देख्नुभएको खण्डमा उनीहरुलाई उच्च सम्मानका साथ मानविय रुपमा सकेको सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ सहायक प्रहरी निरीक्षक कृष्ण बहादुर लम्सालले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेत्रहीन संघ वुढिबजार, पोखराका अध्यक्ष श्रीरीकान्त साप्कोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव, कुशल पौडेलले गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments