Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNसुधा गुरुङको सक्रियतामा बेलायतमा १८ लाख २५ हजार ४४३ कोरोना राहत संकलन

सुधा गुरुङको सक्रियतामा बेलायतमा १८ लाख २५ हजार ४४३ कोरोना राहत संकलन

लन्डन जेठ १३ । नेपालमा कोरोना राहतका लागि बेजिङ्गस्टोक निवासी सामाजिक अभियन्ता एवम् Global South Coalition for Dignified Menstruation Uk Chapter Coordinator सुधा गुरुङको सक्रियतामा १८ लाख २५ हजार ४४३ संकलन भएको छ ।

राधा पौडेल फाउन्डेशनका संस्थापक अध्यक्ष राधा पौडेलले कोरोना राहतका लागि देश बिदेशमा भएका साथीहरुसँग आह्वान गरेअनुरुप राहत संकलन गरिएको सामाजिक अभियन्ता गुरुङले जानकारी गराएकी हुन् । सुधा गुरुङको अनुरोधमा संकलित रकममध्ये १४ लाख ३३ हजार ५ सय ३५ (१४, ३३, ५३५/-) बिहीबार बिएफबिएस गोर्खा रेडियोका स्टेशन म्यानेजर बिनोदध्वज खड्काले फाउन्डेशनकी अध्यक्ष राधा पौडेललाई हस्तान्तरण गरेका छन् ।

त्यस्तै गुरुङको अभियानबाट, बेलायतस्थित याक यती याक फाउन्डेशन (YYY foundation) ले ३ लाख २९ हजार २० रुपैयाँ ( तीन लाख उनन्तीस हजार बीस) प्रदान गरेको छ भने फाउन्डेशनको नेपालस्थित खातामा ६२ हजार ८ सय ८८ जम्मा गरी कुल १८ लाख २५ हजार ४४३ भएको हो । गुरुङको अभियानलाई सदाझैं ब्यक्तिगत सहयोग गर्नेको जमात ठूलो थियो भने यस पटक केही संस्थाहरु YYY foundation, सहारा यूकेका संस्थापक नबिन गुरुङको संयोजकत्वमा सपोर्ट नेपाल यूके टीम, एशिएन महिला एशोसिएशन र बेजिङ्गस्टोक साई समितिले पनि सहयोग गरेको गुरुङले बताइन् ।

उनको यस अभियानमा बेलायतभरीका सहयोगी दाताहरुबाट सहयोग प्राप्त भएको थियो भने बेलायत बाहिरबाट नेपाल, भारत, ब्रुनाई र हङकङबाट समेत हातेमालो गरिएकोमा आफूलाई बडो गर्व लागेको कुरा गुरुङले बताइन् ।

गुरुङको अगुवाईमा हालसम्म स्वदेशमा बिबिध संघ संस्था र आपतबिपत परेका ब्यक्ती बिशेषहरुलाई करोडभन्दा बढी सहयोग संकलन गरी पठाइसकिएको छ । राधा पौडेल फाउन्डेशनले अग्रिम भुक्तानी गरी मगाएको २० अक्सिजन कन्सन्ट्रेटर, १०० पल्स अक्सीमिटर, १०० पीपीई, १००० फेस सिल्ड, ९२० महिनावारी प्याड,५००० मास्कलगायतका सामानहरु गत साता नै आवश्यक स्थानहरुमा हस्तान्तरण गरिसकेको छ।

जसमा नगर कोभिड अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगंज, माडी अस्पताल चितवन, परासी अस्पताल (पश्चिम), गजुरी पब्लिक हेल्थ सेन्टर, गजुरी, नारायणी सब रिजनल अस्पताल बीरगंज, जौबारी पब्लिक हेल्थ सेन्टर गोर्खा, आँप पीपल अस्पताल गोर्खा र अन्य केही स्थान रहेका छ्न् । @ Gurkha Media

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments