पाेखरा महानगरपालिका वडा न १४ सुभकामना टाेल स्थित सफलमार्ग १ किलाे मिटर ढलान वाटाे काे सनिवार गण्डकी प्रदेश का उपसभामुख सृजना शर्माले उद्घाटन गरेकि छन्। रिवन काटेर ढलान वाटाेकाे उद्घघाटन गर्दै उपसभामुख शर्माले सवै मिलेर गरेकाे विकास दिगाे हुने र समाजमा सवै खालकाे समस्या हल गर्न सहयाेग पुग्ने वताईन्। सुखि नेपाली संमृद्द नेपाल निर्माण गर्न विकाशले सहयाेग गर्ने वताईन्। कार्यक्रममा प्रज्ञ प्रतिष्ठानका उपकुलपति सुर्य वहादुर खड्का विखर्चिले विकास समाजकाे एक पाटाे भएकाे वताउदै कला र साहित्य अर्काे पाटाे भएकाे वताए। कार्यक्रममा पाेखरा महानगरपालिका वडा न १४ का अध्यक्ष वाेध वहादुर कार्किले टाेलमा १ किलाे मिटर वाटाे ढलान भएकाेमा खुसि व्यक्त गर्दै अरू केही विकास गर्नु परे सहयाेग गर्ने वताए।
कार्यक्रममा वडा सदस्य गाेपाल सापकाेटाले वडामा विकास निर्माणकाे काम धेरै भएकाे वताए। कार्यक्रममा वाटाे ढलान कार्यमा सहयाेग गर्नुहुने महानुभवहरूलाई दाेसल्ला ,सम्मानपत्र र अविरले सम्मान गरेका थिए। वाटाे वडा प्रदेश र महानगर वाट ३५ लाख वरावरकाे सहयाेगमा वाटाे निर्माण भएकाे उपभाेक्ता समितिका उपध्यक्ष वीर वहादुर गुरूङले वताए। कार्यक्रमा कृष्ण वहादुर केसिले स्वागत प्रकाश शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन राजु केसिले गरेका थिए।।