Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALसागर पौडेल मिलन ग्रुप अफ नेपालको महासचिवमा चयन

सागर पौडेल मिलन ग्रुप अफ नेपालको महासचिवमा चयन

सागर पौडेल मिलन ग्रुप अफ नेपालको महासचिवमा चयन

पोखरा । मिलन ग्रुप अफ नेपालको महासचिवमा सागर पौडेललाई चयन गरेको छ । मंगलबार पोखरा २ स्थित मिलन फाउन्डेसन नेपालको शाखा सम्पर्क कार्यालय मोहोरिया टोलमा बसेको वैठकले पौडेललाई महासचिवमा चयन गरेको हो । बाजुङ सम्पर्क समाज कास्कीको सचिव समेत रहनुभएका सागर पौडेल स्काउट र  शिक्षण पेशामा आवद्ध हुनुहुन्छ ।


जसको संरक्षकमा सावित्री कुमारी गुरुङ, संस्थापक संयोजक दुर्गा मिलन गुरुङ र कोषाध्यक्षमा भिक्रम गुरुङ ( विक्रम)  रहनुभएको छ । संस्थापक संयोजग गुरुङ पर्वत मञ्च हङकङको अध्यक्ष र नेपाली जनप्रगतिशिलि मञ्च हडकका अध्यक्ष समेत हुनुहुन्छ ।

मिलन ग्रुप अफ नेपालको परिकल्पना सन् २०२२ मा गरिएको थियो । जसको सन् २०२३ अप्रिल ३ तारीख संस्था स्थापना दिवसको अवसरमा आयोजित वृहत् शैक्षिक एवं साँस्कृतिक कार्यक्रममा मोदि गाउँपालिका-५ वाजुङ पर्वतबाट विधिवत रुपमा  सार्वजनिक गरिने संस्थापक संयोजक दुर्गा मिलन गुरुङले गोर्खाली रेडियोलाई बताउनुभयो । यो  संस्था विभिन्न क्षेत्रमा सामाजिक काम गर्ने  संस्थाहरुका छाता संस्थाको रूपमा रहनेछ । जस्तैः शिक्षा, स्वास्थ्य, कृषि, पुनः निर्माण र सामाजिक क्षेत्र  आदि । मिलन ग्रुप अफ नेपालको उदेश्य आफ्नो मातहतमा रहेका यी संस्थाहरुले गरेको काम हेर्ने, सहयोग गर्ने र सुझाव दिने रहेकोे छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments