कास्की जेठ १३ । पोखरा महानगरपालिका वडा नं.९ न्यूरोडमा रहेको गोर्खाली रेडियो १०६ मेगाहर्जमा कार्यरत १५ जना संचारकर्मी र कर्मचारीहरुलाई कोभिड-१९ को संक्रमणबाट बचाउन, सुरक्षाका लागि बुधबार स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
गण्डकी प्रदेश सभाका सांसद एवं गोर्खाली रेडियो १०६ मेगाहर्जकी पूर्वअध्यक्ष मिना गुरुङको सहयोगमा २५६५ औं बुद्ध जयन्तीको अवसरमा गोर्खाली रेडियोमा कार्यरत संचारकर्मी तथा कर्मचारीहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरु क्रमशः सेनिटाइजर,सर्जिकल मास्क,एन-९५ मास्क,फेस शिल्ड र सर्जिकल ग्लोब्स वितरण गरिएको हो । कार्यक्रममा गोर्खाली रेडियोकी स्टेसन म्यानेजर खिमा गुरुङ, प्राविधिक सविक गुरुङ, कार्यक्रम संचालिका अल्चना श्रेष्ठ लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।