सहारा हङकङको आठौं वार्षिकोत्सवको अवसरमा पोखरा वृद्धाश्रमलाई सहयोग
पोखरा १५ असोज । पोखराको सहारा क्लबको भातृ संस्था सहारा क्लब, हङकङले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा पोखराको सितापाइलामा रहेको पोखरा बृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ ।
सहारा क्लब, हङकङका सदस्य ओम गुरुङले क्लबको तर्फबाट पोखरा वृद्धाश्रमका पूर्वअध्यक्ष टिकाराम भण्डारीलाई नगद २० हजारको साथमा फलफूलसमेत सहयोग हस्तान्तरण गरेका थिए । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा क्लबले ज्येष्ठ नागरिकहरुको लागि सानो सहयोग गरेको सदस्य गुरुङले जनाए ।
सहयोगी दाताबाटै पोखरा वृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुको पालन पोषण गरिएको निवर्तमान अध्यक्ष भण्डारीले जनाए । सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा, निवर्तमान अध्यक्ष विरभद्र आचार्य, पूर्वअध्यक्ष विक्रम थकाली, उपाध्यक्ष विश्वराज बराल लगायतको सहभागिता थियो ।