Google search engine
Homeसमाचार | NEWSखेलकुद | SPORTSसहारा क्लबको स्पोटर्स अवार्डलाई सघाउ

सहारा क्लबको स्पोटर्स अवार्डलाई सघाउ

छैटौं संस्करणको अवसरमा असार १८ गते हुन लागेको पोखरा स्पोटर्स अवार्ड २०७८ लाई सहारा क्लवले सघाउने भएको छ । सहारा क्लब पोखराका अध्यक्ष हरीराम गुरुङ सुरज र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष दीननाथ बरालसँग बिहिबार सम्झौता गरिएको खेलकुद पत्रकार मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो ।

सहारा क्लवले पोखरा स्पोटर्स अवार्ड अन्र्तगत उदीयमान खेलाडीहरुका लागि नगद रुं ३५ हजार रुपैयाँ पुरस्कार प्रायोजन गर्ने सम्झौता गरिएको छ । विश्व खेलकुद पत्रकार दिवसको अवसरमा आयोजना गरिएको स्पोटर्स अवार्ड पोखरा ४ गैह्रपाटन स्थित उद्योग वाणिज्य संघको हलमा हुनेछ । मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गरिनेछ ।

उक्त अवसरमा सहारा क्लब पोखरा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका वीचचमा ओलम्पिक दिवसको अवसर पारेर बिहिबार मैत्रीपूर्ण फुटबल प्रतियोगीता समेत आयोजना गरिएको थियो । सहारा फुटवल एकेडेमी दोविल्लामा भएको प्रतियोगीता १–१ को बराबरीमा सकिएको थियो । खेलमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तर्फबाट टिम क्याप्टेन सुरज श्रेष्ठ र सहारा क्लबको तर्फबाट राजु हमालले गोल गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments