Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONसम्रेस नव युवा परिवार क्लबले आफ्नो गाउँबासीलाई रोग प्रतिरोधात्मक औषधि वितरण गरे

सम्रेस नव युवा परिवार क्लबले आफ्नो गाउँबासीलाई रोग प्रतिरोधात्मक औषधि वितरण गरे

सम्रेस नव युवा परिवार क्लबले आफ्नो गाउँबासीलाई रोग प्रतिरोधात्मक औषधि वितरण गरे 
श्रावण  १८, सम्रेस, स्याङ्गजा  ।
आज सम्रेस नव युवा परिवार क्लबले   कोरोना (COVID 19) बिरुद्ध रोग प्रतिरोधात्मक शक्ति बडाउने होमियोप्याथिक औषधि ARSENIC ALBUM-30C आफ्नो गाउँबासी फेदीखोला गा.पा.वडा नं ५ सम्रेस र छिमिकी गाउँ  चिनापानी, इलिची  र चिलाउनेको १५० घरपरिवारलाई  सम्रेस नव युवा परिवारको प्राङ्गणमा क्लबका  अध्यक्ष श्री सारजङ गुरुङ र गाउँपालिका वडा सदस्य सपन नेपालीको साथै स्वास्थ कर्मी  पुर्णकुमारी गुरुङको रोहोबरमा उपस्थित सम्पुर्ण गाउँबासीलाई बितारण गरेको छ  ।

 

उक्त औषधि तमु प्ये ल्हु संघ गण्डकी प्रदेशका सह-कोषाध्यक्ष, तमु(गुरुङ) संचारकर्मी नेपालका केन्द्रीय सदस्य, आदिबासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशका अनुशासन विभाग प्रमुख फोटोपत्रकार एवं सामाजिक अभियानकर्मी मणी लाल गुरुङले क्लबका पूर्व अध्यक्ष रामकाजी  तमुलाई  हस्तारन्तरण गरेका थिए ।

तमु प्ये ल्हु संघ केन्द्रीय समितिको समन्वय, मिलन नेपाल फाउन्डेसन नेपाल र गुरुङ चलचित्र ङयेल्स्यो(सैना ) फिल्म युनिटको सहकार्यमा  उक्त होमियोप्याथिक औषधि   आर्सेनिक एल्बम ३०सी  किरण होमियोप्याथिक फार्मेसी राम बजार पोखराका संचालक एव अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेशका उपाध्यक्ष किरण गुरुङले उपलब्ध गराएको हो ।

अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेशका अध्यक्ष डा. विष्णुप्रसाद चापागाईले होमियोप्याथिक औषधी अहिलेको भाईरस विरुद्ध बढि प्रभाबकारी भएको र यसको कुनै पनि असरहरु नहुने बताउँदै मेडिकल साईन्सबाट समेत पुष्टि भएको बताए । उनले होमियोप्याथिक औषधी तथा उपचार पद्धति धेरै पुरानो पद्धति भएको र यसले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने बताए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग लड्ने क्षमता होमियोप्याथिक औषधीमा हुने भएकाले अन्य एलोप्याथिक औषधी सेवन गरिराखेकाहरुले पनि सेवन गर्न सकिने बताए ।

यो होमियोप्याथिक औषधी अहिलेको भाईरसविरुद्ध बढि प्रभाबकारी छ, मधुमेह, उच्च रक्तचापलगायतका रोगको औषधी सेवन गरिराखेकाहरुले पनि यसलाई सहजै सेवन गर्न सकिन्छ’, उनले भने, ‘यसको असरहरु नहुने मेडिकल साईन्सबाट समेत पुष्टि भएको बताए ।’

भारतमा होमियोप्याथिक औषधीको प्रभावकारिताले धेरै कोरोना संक्रमितको उपचार भएको बताउँदै यो प्रभावकारी भएको बताए । ‘जीवन बचाउन तत्काल चाल्नुपर्ने कदममा एलोप्याथिक चलाउनु पर्ने हुन्छ भने, ‘दीर्घकालको लागि होमियोप्याथिक उपयुक्त औषधी हो, यो सर्वसुलभ रुपमा उपलब्ध पनि छ ।

तमु प्ये ल्हु संघ केन्द्रीय समितिले  सबै नेपालीको रोग प्रतिरोध क्षमता बृद्धि गर्नको लागि  संघले   होमियोप्याथिक औषधी आर्सेनिक एल्बम–३०सी  वितरण गरेको हो  । त्यस्तै संघले आफ्नो  संघमा आबद्ध भएको र नभएको  समाज र गाउँ  लगायत स्थानीय तहलाई पनि आर्सेनिक एल्बम–३०सी औषधि निरन्तर  वितरण गरि रहेको छ  । हालसम्म एक लख ५० हजार भन्दा धेरै घरपरिवारहरुलाई वितरण गरि सकेको ब्यबस्थापन गर्ने किरण होमियोप्याथिक फार्मेसी राम बजार पोखराका संचालक एव अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेशका उपाध्यक्ष किरण गुरुङले  मिलन वल्ड न्युज सम्बाददातालाई जानकारी दिए |

अन्तमा  क्लबका अध्यक्ष गुरुङले  गाउँबासीलाई   औषधि उपलब्ध गराउनु भएकोमा आफ्नो व्यक्तिगत, आमासमुह एवं  सम्पुर्ण गाउँ बासीको  तर्फबाट औषधि ब्यबस्था र उपलब्ध गर्ने किरण गुरुङ र मणी लाल गुरुङ लाई धेरै धेरै धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए |

 

कोरोना (covid -19) विरुद्ध रोग प्रतिरोधात्मक शत्ति बढाउने होमियोप्याथिक औषधी ARSENIC ALB – 30 सेवन गर्ने विधि:

१. २ -२ गोली प्रत्येक दिन बिहान खाली पेटमा चुसेर खाने ( ३ दिनसम्म लगातार) त्यसपछि हप्तामा १ पटक ३ हप्तासम्म ।

२. ३ वर्ष देखि १२ वर्षसम्मको लागि १- १ गोलि प्रत्येक दिन बिहान खालि पेटमा चुसेर खाने (३ दिनसम्म लगातार )त्यसपछि हप्तामा १ पटक ३ हप्तासम्म ।

३. २ वर्षभन्दा कम उमेर गर्भवति महिला र सिकिस्त बिरामीहरुले नखाने ।

नोट : औषधी खाएको ३० मिनेट (आधा घण्टा ) पछि मात्र ब्रस गर्ने वा पानी वा खाना खाने ।

 फोटो एल्बम 

{AG}arsenic-album30c-distribution{/AG}

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments