पोखरा । महाशिला गाँउपालिका–५, लङखु देउरालीमा सञ्चालन गरिएको अस्थाई कोरोना अस्पताललाई महाशिला गाँउपालिका–५, लामे हाल पोखरा मालेपाटन निवासी सामाजिक सेवामा सक्रिय समाजसेवी गुरुङ दम्पति धन बहादुर गुरुङ र बिना गुरुङले एक लाख पन्ध्र हजार बराबरको एक अक्सिजन कन्सेन्ट्ेटर सहयोग गरेको छ ।
गुरुङ दम्पतिले गाँउपालिकाका अध्यक्ष राजु प्रसाद पौडेल र वडा नं. ५ का वडाध्यक्ष जीवन उच्चाई ठकुरी मार्फत जेष्ठ १२ गते २५६५ औँ बुद्द जयन्तीको अबसर पारी उक्त अक्सिजन सहयोग गरेको हो ।
आफ्नो जन्मथलोमा कोरोनाले अस्तव्यस्त बनाएको दुःखद् र कठीन परिष्थितीमा सहयोग गरेको भन्दै गाँउपालिका अध्यक्ष पौडेलले गुरुङ दम्पतिलाई धन्यवाद समेत दिनुभयो ।