स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखराले बिगत ४ वर्ष देखि संचालन गर्दै आएको ‘सबैका लागि पढाई कार्यक्रम’ एक कार्यक्रमवीच समापन भएको छ । स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखराको आयोजनामा बुधबार न्यूरोड स्थित पोखरा महानगरपालिकामा भएको कार्यक्रममा बोल्नुहुँदै महानगरपालिकाका प्रमु्ख धनराज आचार्यले महानगरपालिकाले सकेको सहयोग गर्ने प्रनिवद्धता व्यक्त गर्नुभयो ।
साथै संस्थासँग सहजीकरण र सहकार्य गरी अघि वढ्ने पनि प्रतिवद्धता व्यक्तगर्नुभयो । स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखराका महासचिव अन्जना केसीले आपांगता भएका व्यक्तीहरुको समस्यामा आफै भुक्तभोगि भएकाले कुनै पनि अपांगता भएका व्यक्तिहरुले समस्या भोग्न नपरोस् भनि, कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । अपाङ्गता समावेशी शिक्षा र प्रारम्भिक पहिचान सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम, लगायतका विभिन्न तालिम दिइएको स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार अपाङ्गता समावेशी शिक्षाको संवैधानिक र नीतिगत प्रतिवद्धताहरु कार्यान्वयन गर्नका लागि संघीय, प्रदेश र स्थानिय तहमा संस्थागत क्षमतालाई बलियो बनाउने बारे कायर्यक्रमले सहयोग गर्ने संस्थाको विश्वास रहेको छ ।
उक्त अवसरमा पोखरा महानगरपालिका तथा सबै पालिकाका शिक्षा शाखा प्रमुखहरुलाई मेयर आचार्यले सम्मान पत्र प्रदान गर्नुभएको थियो भने, स्वाबलम्बन जीवनपद्धति केन्द्रले पोखराले सृजना बहिरा माविका लागि सबैका लागि पढाइ कार्यक्रम मार्फत ४० वटा ट्याबलेट आराधना सुवेदीलाई महानगर प्रमुख आचार्यले हस्तान्तरण गर्नुभएको थियो । स्वावलम्बन जीवपद्धतीका अध्यक्ष हेम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा, महासचिव अञ्जना के।सी।ले स्वागत दिनुभएको थियो भने, कार्यक्रम संचालन दिलमाया गुरुङले गर्नुभएको थियो ।