Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALसञ्जालको अध्यक्षमा केशु भुजेल, सर्वसहमत चयन

सञ्जालको अध्यक्षमा केशु भुजेल, सर्वसहमत चयन

महिला मानव अधिकार रक्षक सञ्जालको अध्यक्षमा केशु भुजेल सर्वसहमत रुपमा चयन हुनुभएको छ । आइतबार पोखरामा भएको १४ औं साधारणसभा तथा १० औं अधिवेशनबाट भुजेलको अध्यक्षतामा पछि थप गर्ने गरी १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा शारदा गौतम, सचिवमा क्षमता खड्का, सह–सचिवमा गुना गुरुङ, कोषाध्यक्षमा प्रमिला जोशी चयन हुनुभएको छ । सदस्यहरुमा पार्वती थापा कार्की, ज्ञानीसरा थापा, इन्दिरा तिवारी रहनुभएको छ । त्यसैगरी मिना थापा, सरीता के.सी भट्टराई र किरन गुरुङ रहनुभएको छ । बाँकी आठ जना सदस्य भने, यौनिक तथा लैंगिक अल्पसंख्यक, दलित लगायतका समुहको प्रतिनिधीलाई समेट्ने गरी, पछि थप गर्ने नवनिर्वाचिन अध्यक्ष भुजेलले जानकारी दिनुभयो । सञ्जालको १४ औं साधारणसभा तथा १० औं अधिवेशनको उद्घाटन सञ्जालका संस्थापक अध्यक्ष रेणु दाहालले गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments