Google search engine
Homeमल्टिमिडिया | MULTIMEDIAगीत संगीत | MUSICसंचारकर्मी एवं युवा नेता देवीजंग गुरुङको ‘क्हार खबा ङोल्स्यो गीत’ घटस्थापनाको दिन...

संचारकर्मी एवं युवा नेता देवीजंग गुरुङको ‘क्हार खबा ङोल्स्यो गीत’ घटस्थापनाको दिन सार्वजनिक

संचारकर्मी एवं युवा नेता देवीजंग गुरुङको ‘क्हार खबा ङोल्स्यो गीत’ घटस्थापनाको दिन सार्वजनिक

पोखरा १ कात्तिक । लामो समय संचार क्षेत्रमा क्रियाशील कास्कीको सिक्लेस गाउँ निवासी संचारकर्मी एवं युवा नेता देवीजंग गुरुङको ‘क्हार खबा ङोल्स्यो गीत’ शनिबार घटस्थापनाको दिन सार्वजनिक भएको छ ।

देवीजंग गुरुङको शब्द तथा निर्माणमा नेपाल आइडलकी ममता गुरुङ र थमन गुरुङको स्वरमा तेजेन्द्र गुरुङले संगीत संयोजन गरेको गीत र भिडियो शनिबार स्ट्रीम नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतको भिडियोमा सिक्लेसकै टीका गुरुङ, श्याम गुरुङको मुख्य अभिनय रहेको छ भने बालकलाकारहरु अमृत गुरुङ, अरुणा गुरुङ र इशा गुरुङको अभिनय छ ।

पर्यटकीय गाउँ सिक्लेसमा छायाँङ्कन गरिएको गीतको भिडियोमा पूर्णकुमारी गुरुङ ( रुपा ) को नृत्य निर्देशन र टौ गुरुङको सहनिर्देशनमा बनेको भिडियोलाई खिमबहादुर गुरुङले सम्पादन गरेका हुन् । टौ गुरुङ र जनम गुरुङले छायाङ्कन रहेको भिडियो निर्देशन देवीजंग गुरुङले गरेको हो ।

यसैबीच क्हार खबा ङोल्स्यो गीतमा आयोजित टिकटक प्रतियोगितामा कास्की जिल्ला मादी गाउँपालिका वडा नं १ खिलाङका विश्वास गुरुङ र मादी २ ताङतिङका रजनी गुरुङको समूह प्रथम भएको छ । ८५ समूहले सहभागिता जनाएको प्रतियोगितामा स्याङ्जा जिल्ला विरुवा ७ क झरना गुरुङ, सपना गुरुङ र सुआच्यो गुरुङको समूह द्वितीया र मादी ६ का खुशीमान क्षेत्री तृतीया भएका छन् ।

लाइक र भ्युजको आधारमा गरिएको प्रतियोगितामा प्रथम भएको समूहलाई प्रमाणपत्र र नगद ६ हजार, द्वितीयालाई प्रमाणपत्र र नगद ३ हजार र तृतीयालाई प्रमाणपत्र र नगद १ हजार ५ सय रुपैयाँले पुरस्कृत गरिएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments