Google search engine
Homeसमाचार | NEWSखेलकुद | SPORTSसंकेत कुमार खातीले फर्स्ट स्याङ्जा कप पूल कम्पिटिशनको उपाधी जिते

संकेत कुमार खातीले फर्स्ट स्याङ्जा कप पूल कम्पिटिशनको उपाधी जिते

जेठ २९, कोरिया कोरिया स्थित स्याङ्जा परिवार बुसान किम्हे शाखाद्धारा आयोजित “फर्स्ट स्याङ्जा कप पूल कम्पिटिशन” टुर्नामेन्टको उपाधी संकेत कुमार खाती (रुपन्देही)ले चुमेका छन् ।

उक्त टुर्नामेन्टको अन्तिम प्रतिद्वन्द्धी बिमल किसन(म्याग्दी)लाई फाईनलमा ३-२ सेटको अग्रता लिदै पाखा लगाएका खातीले उपाधी हात पार्दै नगद दश लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका हुन् ।

उक्त टुर्नामेन्टमा दोश्रो स्थान हासिल गर्न सफल बिमल किसनले पाँच लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र र प्रतियोगिताभरी उत्कृष्ट खेलाडी घोषित हुँदै राजीव लामा (काठमाण्डौ)ले प्रमाण पत्र र मेडल सहित एक लाख कोरियन वोन प्राप्त गरे ।

राजकुमार आले “प्रिन्स”को कार्यक्रम संयोजकत्वमा सञ्चालित सो प्रतियोगितामा जम्मा ५५ जनाले भाग लिएका थिए । किम्हे सहरको लुम्बिनी रेष्टुरेन्टमा भएको सो प्रतियोगितामा टाईसीटको आधारमा चरणबद्ध रुपमा खेल सञ्चालन गरिएको थियो ।

मैत्रीपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न सो प्रतियोगिताले खेलाडी र दर्शकहरुमा मनोरञ्जन मात्र नभएर एक आपसमा बन्धुत्व र आपसी सम्बन्ध कसिलो बनाएको प्रतियोगिता खेल संयोजक सागर पोखरेलले बताए ।

कोरोनाको कहरको स्थिति सामान्य बन्दै गएको वर्तमान अवस्थामा नेपाली प्रवासीहरुको मनोस्थिति प्रतियोगिताको माध्यमबाट नेपालीपन र अपनत्वको भावना अझ मझबुत बनाएको संस्थाका अध्यक्ष कमल अर्यालले प्रष्ट पारे ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments