Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALश्री पाेंचाेंकाे तमु परिवारको ११औं वार्षिक साधारण सभा सम्पन्न

श्री पाेंचाेंकाे तमु परिवारको ११औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । श्री पाेंचाेंकाे तमु परिवारको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा १४ सगरमाथा मार्ग स्थित श्री पाेंचाेंकाे तमु परिवारको भवनमा भएको ११औं साधारण सभा शनिबार सम्पन्न भएको थियो । उक्त कार्यक्रम सुवेदार मेजर राज कुमार तमुको अध्यक्षतामा र वडा १४ का अध्यक्ष भोज बहादुर कार्कीको प्रमुख अतिथ्यतामा भएको थियो । प्रमुख अतिथि कार्की र सुवेदार मेजर गुरुङले संयुक्त रूपमा दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि कार्कीले श्री पाेंचाेंकाे तमु परिवारले गरेको गुरुङ भाषा संस्कारलाई जोगाउने काम प्रशन्सा गर्नुभयो भने वडा महिला सदस्य दिलमाया तमुस्यो, भु.पू. नेपाल बैंकका डिपुटि डिरेक्टर तिल बहादुर गुरुङ लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियोे । सो कार्यक्रममा संस्थालाई सहयोग गर्ने समितिको केही सदस्यहरुको कार्यकाल सकिएकोमा नयाँ सदस्यहरु चयन हुनुभएकोहरु साथै एरिया संयोजकहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी कार्कीलाई भाँग्र,ह्रेगा,क्रेगीले सम्मान गरिएको थियो भने वडा महिला सदस्य दिल माया तमुस्योलाई दोसल्लाले सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा काेषाध्यक्ष सुवेदार अमर बहादुर तमुले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बम बहादुर गुरुङले राख्नु भएको थियो भने सन्चलन तथा वार्षिक प्रगती प्रतिवेदन सचिव सुवेदार शेर बहादुर तमुले प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रम अध्यक्ष सुवेदार मेजर राज कुमार गुरुङले समापन गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments