Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALशुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम समापन

शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम समापन

भू.पू. सैनिक फोर थर्ड (४÷३) गोर्खा राईफल्स पोखराले शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम समापन भएको छ । विजया दशमी तथा शुभ दिपावली २०७९ को पावन अवसरमा भएको कार्यक्रमको उद्घाटन दानविर हल्दार ज्ञान बहादुर थापामगरले गर्नुभएको थियो । उद्घाटन पछि बोल्नुहुँदै, हल्दार मगरले सवै संघ संस्थाहरु एकजुट भएर अघि वढ्ने हो भने, मुलुकले विकासमा फट्को मार्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा भू.पू. सैनिक फोर थर्ड (४÷३) गोर्खा राईफल्सको तर्फबाट विभिन्न जिल्लाको गाउँ पालिका, नगरपालिका र महानगरपालिकाका ४ जना वडा सदस्य र ४ जना वडा अध्यक्षलाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको थियो । सम्माननित भएको जनप्रतिनिधिको तर्फबाट बोल्नुहुँदै, पोखरा ३२ का अध्यक्ष अकल थापाले संस्थाको हितको लागि जनप्रतिनिधिको रुपमा आएको बताउनुभयो ।

उहाँले पहिलो कार्यकालमा स्थानिय सवैको मन जित्न सफल भएको र दोस्रो पटक पनि सवैको साथ र सहयोगले गर्दा अध्यक्ष पदमा आउन सफल भएको सुनाउनुभयो । जसको लागि व्यक्तिगत तर्फबाट भन्दा पनि संस्थागत रुपमा भुपुहरुलाई हेर्ने दृष्टीकोणलाई परिवर्तनका लागि विकासको काममा लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उक्त अवसरमा नृत्य संयोजक सुबेदार मेजर, जसबहादुर गुरुङको समुहले नृत्य प्रस्तुत गरेको थियो । पल्टनदेखि वर्षौ काम गरी रिटायर भएर आएका जनप्रतिनिधिहरुलाई सम्मान तथा एक आपसमा शुभकामना आदान प्रदानका लागि कार्यक्रमको आयोजना गरिएको भू.पू. सैनिक फोर थर्ड (४÷३) गोर्खा राईफल्स पोखराका अध्यक्ष हनेरी क्याप्टेन डिक बहादुर गुरुङले बताउनुभयो । अध्यक्ष हनेरी क्याप्टेन गुरुङको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष सुब्दार रन बहादुर गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो भने, कार्यक्रम सञ्चालन हनेरी क्याप्टेन नरेश थापामगरले गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments