Google search engine
Homeसमाचार | NEWSयात्रा | TRAVELशुक्रबारदेखि ४ दिने दोस्रो अन्तर्राष्ट्रिय तमू(गुरुङ) सम्बाद शृंखला हुँदै

शुक्रबारदेखि ४ दिने दोस्रो अन्तर्राष्ट्रिय तमू(गुरुङ) सम्बाद शृंखला हुँदै

शुक्रबारदेखि ४ दिने दोस्रो अन्तर्राष्ट्रिय तमू सम्बाद शृंखला हुँदै

आउने शुक्रबारबाट दोस्रो अन्तर्राष्ट्रिय तमू (गुरुङ) सम्वाद शृंखला आयोजना हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण यस पटकको सम्वाद शृंखला भर्चुअल (जुममार्फत) गर्न लागिएको हो । कार्यक्रमबारे जानकारी दिन शनिबार भर्चुअल पत्रकार सम्मेलन गरिएको थियो ।

शनिबार बेलुका अन्तर्राष्ट्रिय तमु (गुरुङ) परिषदले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनको तमु (गुरुङ) संचारकर्मी संघले संयोजन गरेको हो ।

शुक्रबारबाट चार दिनसम्म (९ देखि १२ अक्टोबरसम्म) चल्ने सम्वाद शृंखलामा विभिन्न विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछन् । साँझ पाँच बजे पहिलो र सात बजेबाट दोस्रो सेसन सुरु हुने छ ।

अन्तर्राष्ट्रिय तमू (गुरुङ) परिषद्को आयोजनामा गत वर्ष काठमाडौंमा पहिलो तमू सम्बाद आयोजना गरिएको थियो । देश तथा विदेशमा छरिएर रहेका गुरुङ समुदायविच निरन्तर सम्बाद र ज्ञान सीप बाड्ने उदेश्यले तमू सम्वाद सृंखलाको आयोजना गर्न लागिएको गुरुङ समुदायको छाता संस्था तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले बताए ।

‘हामीले यो शृंखलाको आयोजना गर्न सुरु गरेको दोस्रो वर्ष मात्रै भएको छ । आगामी वर्ष पनि यो कार्यक्रम निरन्तर आयोजना हुने छ’, अध्यक्ष गुरुङले भने, ‘आगामी वर्ष अरु देशमा पनि यो कार्यक्रमको आयोजना गरिने छ ।’

उनकाअनुसार यो सम्वाद सृंखलामा विभिन्न ३५ देशबाट गुरुङ व्यक्तीत्वहरु सहभागी हुने छन् । त्यसमध्ये धेरैले कार्यक्रम सञ्चालनमै भाग लिनेछन् । सम्बादको प्रत्येक दिन फरक विषयमा दुई सेसन सञ्चालन हुनेछन् । पहिलो दिनको पहिलो सेसनमा ‘ङै नासा ट्हो’ अर्थात मेरो गाउँघर भन्ने शिर्षकमा छलफल हुनेछ । यो शिर्षकमा १८ जना वक्ताले आफ्नो प्रस्तुती दिने छन् ।

पहिलो दिनको दोस्रो सेसनमा तमू भाषा र साहित्य शिर्षकमा छलफल हुनेछ । यो शिर्षकमा भाषाविद् रत्नबहादुर गुरुङको प्रस्तुती रहनेछ । यसमा सिक्किम भारतबाट मेघराज गुरुङले टिप्पणी गर्नेछन् ।

शनिबार हुने दोस्रो दिनको पहिलो सेसनमा तमू (गुरुङ)हरुको सफलताको यात्राबारे छफफल हुनेछ । यो शिर्षकमा अमेरिकाबाट डा. टोपराज गुरुङ, भारतबाट गोपाल गुरुङ र नेपालबाट लालकुमारी गुरुङले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

दोस्रो दिनको दोस्रो सेसनमा तमू चलचित्रबारे गुरुङ चलचित्र संघ, नेपालका अध्यक्ष भोजबहादुर गुरुङले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसमा नविन सुब्बाको टिप्पणी रहनेछ ।

तेस्रो दिनको पहिलो सेसनमा विदेशी विद्वानहरुले गुरुङ समूदायको बारेमा आफ्नो धारणा व्यक्त गर्नेछन् । यसमा जापानबाट नानको योशिमोतो, बेलायतबाट साइमान स्ट्रिकल्यान्ड र आलन माकफार्लनले आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।

दोस्रो सेसनमा गुरुङ समुदायको परम्परागत ज्ञान र सिपको बारेमा छलफल हुनेछ । यो शिर्षकमा मानवशास्त्री पोलबहादुर गुरुङ र लिलबहादुर गुरुङले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

अन्तिम दिनको पहिलो सेसनमा तमू उद्यमी/व्यवसायी शिर्षकमा छलफल हुनेछ । यो शिर्षकमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, जापानबाट ओम गुरुङ र गण्डकी ट्राउटका लक्षिन गुरुङले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसपछिको अन्तिम सेसनमा औपचारिक कार्यक्रमको आयोजना भएपछि दोस्रो अन्तर्राष्ट्रिय तमू (गुरुङ) सम्बाद सम्पन्न हुनेछ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments