पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले पोखरामा भएका दृष्टिविहीन कलाकारलाई सहयोग गरेको छ ।
आइतबार विश्व संगीत दिवसको अवसरमा आयोजित भित्तेपात्रो विमोचन कार्यक्रममा उनीहरुलाई सेतो छडी तथा राहत उपलब्ध गराइएको हो ।
१७ जना कलाकारले सेतो छडि प्राप्त गरेका छन् भने १८ कलाकारलाई चामल, तेल, नुन,दाल लगायतका खाद्यन्न वितरण गरिएको अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी गराए ।