Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALविविध कार्यक्रम आयोजना गरी माघे सक्रान्ति मनाइने ।

विविध कार्यक्रम आयोजना गरी माघे सक्रान्ति मनाइने ।

मगर सामुदायले मौलिक चाडको रुपमा मदाउदै आएको माघे सक्रान्ति यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । पोखरा रंगशाला अगाडी मगरसंघको भवनामा शनिबार बसेको मगरसंघ कास्कीको वैठकले उक्त निर्णय गरिएको हो ।

पर्वको अवसरमा मगर सामुदायमा आधारित विविध सांस्कृतिक कार्यक्रम, व्याटमिन्टन प्रतियोगिता लगायतको कार्यक्रमको आयोजना गरिएको मगर संघ कास्कीका सचिव राम थापामगरले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार यही पुष महिनाको २७ र २९ गते व्याटमिन्टन प्रतियोगिता राखिएको छ । प्रतियोगितामा सहभागिताका लागि २५ गते सम्म टीम दर्ता गर्न पाइने प्रतियोगिता संयोजक भक्तबहादुर पुनमगरले जानकारी दिनुभयो ।

पुनका अनुसार टीम दर्ताका लागि कास्कीका हरेक मगर एकाई समितिको सिफारिस गरी सहभागी हुनुपर्नेछ । युवा समुह (डबल) प्रति टिम ३ हजार रुपैयाँ शुल्क लाग्नेछ । त्यसैगरी भेट्रान्स (डबल)मा पनि प्रति टिम ३ हजार रुपैयाँ र महिला (डबल) लाई प्रति टिम २ हजार रुपैयाँ मात्र रहेको छ ।

त्यसैगरी पुष ३० गते सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको मगर सांस्कृतिक संघ कास्कीका अध्यक्ष सरिता थापामगरले जानकारी दिनुभयो । माघ १ गतेका दिन जिल्लाका ४० वटै एकाई समितिका सवैले सामुहिक रुपमा एक कार्यक्रम वीच विविध सांस्कृतिक कार्यक्रम आयोजना साथै मगर परिकार खानपान गरि मनाइने मगर संघ कास्कीका अध्यक्ष संगितापुन मगरले जानकारी दिनुभयो ।

उक्त अवसरमा वोल्नुहुँदै मगरसंघ केन्द्रिय सह–कोषाध्यक्ष पूर्ण वहादुर रानामगरले केन्द्रिय समितिले पनि काठमाणडौंको टुडिखेलमा विविध कार्यक्रमको आयोजना गरि भव्य रुपमा मनाउने तयारी गरिएको जानकारी दिनुभयो । मगरका अनुसार पुष २९, ३० र माघ १ गते सम्म काठमाण्डौ टुडिखेलमा मगर मौलिक सांस्कृतिक राष्ट्रिय ममहोत्सवको आयोजना गरिएको छ । अध्यायन तथा कामका सिलसिलामा विदेश पुगेका मगरहरुले पनि यो पर्व भव्य रुपमा मनाउदै आएको र मनाउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments