पाेखरा, ५ असाेज।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सुरेन्द्र गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का प्रत्यासी सीता केसीलाई ३८ मतले पराजित गर्दै गुरुङ अध्यक्ष बनेका हुन् ।
शनिबार दिउँसो सम्पन्न भएको मतदानको नतिजा अनुसार अध्यक्ष पदमा गुरुङले १३३ मत प्राप्त गर्दा केसीले ९५ मत प्राप्त गरिन् । अध्यक्ष पदमा निर्वाचित गुरुङ नेकपा निकट मानिन्छन् भने अर्का प्रत्यासी केसी काँग्रेस निकट हुन् । प्रदेशको नेतृत्व लिन सुरुमा ८ जना आकांक्षी देखिएपनि अन्तिममा दुई जना मात्र विच निर्वाचन भएको हो ।
प्रदेशको प्रथम अधिवेशनमा तदर्थ समितिका अध्यक्ष शंकर विरही गुरुङ र सहअध्यक्ष राजेन्द्र सापकोटाले पनि प्रदेशको नेतृत्व लिन इच्छा राखे पनि अन्तिममा उम्मेदवारी फिर्ता लिएका हुन् । जसका कारण सुरेन्द्रलाई जीत सहज बनेको बताइएको छ । निवर्तमान तदर्थ समितिका अध्यक्ष र सहअध्यक्ष दुवै नेकपा निकट हुन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा नेकपा निकट पूर्ण परियार विजयी भएका छन् । उनले ११६ मत प्राप्त गर्दा काँग्रेस निकट अमर धितालले १०८ मत ल्याए । प्रथम उपाध्यक्षका लागी ३ जना विच भएको निर्वाचनमा केशव देवकोटा १०१ मतका साथ विजयी भए । जसमा प्रत्यासीहरु जयकुमार परियार ३३ र शिवहरि ढुंगानाले ८८ मत प्राप्त गरे । पराजित दुवै नेकपा निकट मानिन्छन् ।
द्वितीय उपाध्यक्षमा प्रेमराज अधिकारी झिनो मतान्तरले पराजित गर्दै काँग्रेस निकट आरसी पौडेलले विजय भए । पौडेलको पक्षमा ११४ मत खस्दा अधिकारीको पक्षामा ११० मत खस्यो । महिला उपाध्यक्षमा माया गुरुङ, सचिवमा काँग्रेस निकट राजन कार्की र महिला सचिवमा मञ्जु बिक सर्वसम्मत निर्वाचित भएका छन् ।
दुई सहसचिवका लागी भएको निर्वाचनमा काँग्रेस निकट ज्योति लोहनी र रामजी पौडेल विजयी भए । पौडेलले १५९ र लोहनीले १२३ मत प्राप्तगर्दा अर्का प्रत्यासी अमित विश्वकर्माले १०१ मत प्राप्त गरे । कोषाध्यक्षमा पनि ३ जना विच प्रतिष्पर्धामा भएकोमा इन्द्रा गुरुङ विजय भइन् । उनले ९८ मत प्राप्त गर्दा अर्का उम्मेदवार शंकर पन्तले ६१ र केशव घिमिरेले ५७ मत प्राप्त गरे ।
सहकोषाध्यक्षका लागी कृष्ण सुवेदी र ईश्वर सिंहले विच भएको चुनावमा काँग्रेस निकट २३ मतान्तरले विजयी भए । उनको पक्षमा १२३ मत खस्दा ईश्वर सिंहको पक्षमा १०० मत खस्यो ।
सदस्यहरुमा सरस्वती लामिछाने, मिलन सापकोटा, विष्णु कुमार वाग्ले, दिपक पौडेल, रतिमाया खडका, प्रेम बस्याल, विमल जिसी, प्रदिप त्रिपाठी, अनिता पन्त, युवराज भण्डारी, गोविन गुरुङ, निश्चल थापा मगर, होम बहादुर गुरुङ, रित कुमार श्रेष्ठ, सिता परियार, जय नारायण लम्साल, हिरन थापा मगर र सविना केसी सर्वसम्मत चयन भएका छन् ।
GurkhaliRadio