Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALलोकबहादुर गुरुङको स्मृतिमा सञ्चारकर्मी, लोकगायिका शान्ति गुरुङ सम्मानित

लोकबहादुर गुरुङको स्मृतिमा सञ्चारकर्मी, लोकगायिका शान्ति गुरुङ सम्मानित

पोखरा । वरिष्ठ संस्कृतिकर्मी स्वर्गीय लोकबहादुर गुरुङको सातौ स्मृति दिवसको अवसरमा वरिष्ठ सञ्चारकर्मी एवम् लोकगायिक शान्ति गुरुङ सम्मानित हुनुभएको छ ।

पोखरामा शनिबार लोकबहादुर स्मृति प्रतिष्ठानद्धारा आयोजित आयोजित स्मृति दिवसमा रेडियो नेपाल प्रादेशिक प्रसारणकी उपप्रमुख एवम् वरिष्ठ सम्पादक, तमु संचारकर्मी संघ कास्कीकी अध्यक्ष, वरिष्ठ लोक गायिका गुरुङलाई ३५ हजार नगदसहित सम्मानपत्र, दोसल्लासहित सम्मानित हुनुभएको हो । सम्मानित गुरुङलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य मीना गुरुङ, प्रतिष्ठानका अध्यक्ष बेदबहादुर गुरुङ श्याम,स्वर्गीय लोकबहादुर गुरुङको धर्मपत्नी सीता गुरुङले सम्मान गर्नुभएको हो ।

सम्मान ग्रहणपछि बोल्नुहुदै सम्मानित शान्ति गुरुङले कलाकारिता र पत्रकारिताका लागि सधै प्रोत्साहन गरिरहनु भएका आदर्श व्यक्तित्वको स्मृतिमा सम्मानित हुन पाउँदा अत्यन्त भावुक भएको बताउनुभयो । स्वर्गीय लोकबहादुर गुरुङ आफ्नो र यस क्षेत्रका कलाकार, पत्रकारहरु एवम विभिन्न क्षेत्रमा क्रियाशील युवाहरुको पथ प्रदर्शक रहनु हुन्थ्यो भन्नुहुदै उहाँ सधै अमर रहने बताउनुभयो।स्वर्गीय गुरुङ सधै अवसर दिने, प्रोत्साहन गर्नु हुन्थ्यो त्यसैले आज पितृका रुपमा सधै आफुले दैनिक पुज्ने गरेको बताउनुभयो ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य मीना गुरुङले स्वर्गीय गुरुङलाई स्मरण गर्नुहुँदै आफूलाई सधै मार्गनिर्देशन गरिरहने व्यक्तित्वको अभाव खड्किएको बताउनुभयो।अन्य क्षेत्रमा जस्तै राजनीतिक क्षेत्रमा क्रियाशीलताका लागि उहाँकै प्रोत्साहनले अहिले आफु सांसद भएको बताउनुभयो । सबैको प्रिय व्यक्तित्वको गुमाउदाको पिडा प्रतिष्ठानले अमर बनाएको उहाँको भनाई थियो ।

लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले स्वर्गीय गुरुङ सँस्कृति, शिक्षा लगायत धेरै विषयको भण्डार हुनुहुन्थ्यो र आफुले निकै समय सहकार्य गर्दै धेरै सिक्ने अवसर पाएको बताउनुभयो । उहाँकै कारणले आफु अहिलेको अवस्थामा आएको बताउनुहुँदै लोक संस्कृतिका राष्ट्रकै विभुति मेनकाजी गुरुङलाई राष्ट्रले उचित सम्मान गर्न नसकेको गुनासो गर्नुभयो । तीन तहको सरकारका आफूहरु रहँदा पनि मेनकाजी गुरुङलाई सम्मान गर्न नसक्दा आत्मग्लानी समेत भएको भन्नुहुदै उहाँको स्मृतिमा प्रतिष्ठान परिवारजन र उहाँको संस्था हिमाली साँस्कृतिक परिवार लगायतसँग सहकार्य गरी केही न केही गर्न चाहिरहेको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष बेदबहादुर गुरुङ श्यामको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व शान्तिको गुरुङको बारेमा गुरुङ साहित्यिक मञ्चकी अध्यक्ष गौरी गुरुङले चर्चा गर्नुभएको थियो भने प्रतिष्ठानकी सचिव रोशनी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments