Google search engine
Homeसमाचार | NEWSविश्व | WORLDलेस्टरमा पूर्व बेलायती गोर्खा सैनिकहरुले यसरी मनाए ‘स्मरण दिवस’

लेस्टरमा पूर्व बेलायती गोर्खा सैनिकहरुले यसरी मनाए ‘स्मरण दिवस’

लण्डन, लेस्टरस्थित, कोलभिलका बासिन्दाहरु र पूर्व गोर्खा सैनिकहरुले युद्धमा आफ्नो राष्ट्रकालागि जीवन बलिदान गर्ने योद्धाहरुको सम्झनामा हरेक बर्ष मनाईने ‘स्मरण दिवस’ मनाएका छन्।

कोलभिल नेपाली समाजका अध्यक्ष कुमार राईका अनुसार नर्थ वेस्ट लेस्टरशायर डिस्ट्रिक्ट काउन्सिल र रोयल ब्रिटिश लिजनद्वारा संयुक्तरुपमा आयोजित दिवसमा पूर्व वेलायती सैनिकहरु कोलभिल परेड स्थानीय क्राइस्ट चर्चबाट बिहान १०.३५ बजे होटल स्ट्रिट र हाई स्ट्रिट हुँदै, मेमोरियल स्क्वायरमा रहेको युद्ध स्मारकमा पुगेर हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए।

हजारौ संख्यामा उपस्थित रहेका आगन्तुक र बासिन्दाहरुलाई स्थानीय प्रहरीले कडा सुरक्षा प्रदान दिएका थिए। घरमै बसेर कार्यक्रम हेर्न सुरक्षित महसुस गर्नेहरूका लागि फेसबुक लाइभ स्ट्रिम पनि उपलब्ध गरिएको राईले जानकारी दिए। चुडाक मगरले भने, ‘स्मरण दिवस हामीले गुमाउनु परेकाहरूलाई प्रतिबिम्बित गर्ने र सम्झने र विश्वभर द्वन्द्वमा सेवा गरिरहेकाहरूप्रति कृतज्ञता प्रकट गर्ने अवसर हो । त्यसैले हरेक बर्ष मेरो परिवारको साथ दिवसमा भाग लिदै आईरहेको छु।’

युद्ध स्मारकमा योद्धाहरुका सम्मानकालागि दुई मिनेट मौन धारणा गरिएपछि पाईपर धुन बजाईएको दिवसमा विभिन्न ओहोदाका व्यक्तित्वहरुले फूलगुच्छा चढाएर समर्पण गरेका थिए। साथै कोलभिलका बासिन्दाहरूलाई सुरक्षित रूपमा आफ्नो सम्मान व्यक्त गर्नअनुमति दिईएको थियो। दुई मिनेटको मौन अवधिमा युद्ध स्मारको घण्टा घरको सबै भन्दा माथिबाट पपि फूलको दल खसालेर सम्मान गरिएको थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments