Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONलम्जुङमा बन्नेभो क्हाेईवाे, पोखरा बाटै उठ्यो करीब २६ लाख

लम्जुङमा बन्नेभो क्हाेईवाे, पोखरा बाटै उठ्यो करीब २६ लाख

लम्जुङमा बन्नेभो क्हाेईवाे, पोखरा बाटै उठ्यो करीब २६ लाख

 तमु प्ये ल्हु संघ लम्जुङको क्हाेईवाे निर्माण अभियानको आज पाचौ तथा अन्तिम दिन तमु प्ये ल्हु संघ केन्द्र शक्तिघाट, पोखरामा सम्पन्न भएको छ । लम्जुङले पाच दिनको अभियान बाट करीब २६ लाख रुपैया सहयोग संकलन गरेको छ ।

तमु प्ये ल्हु संघ लम्जुङकी सचिव मन माया टु क्ल्हेप्रीले सञ्चालन गरेको कार्यक्रममा क्या. मिल बहादुर चोर्मी तमुको अध्यक्षता र गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथी तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी टु तमु, मादी गाउपालिका अध्यक्ष वेद बहादुर गुरुङ (श्याम) , क्हाेला सोथर गाउ पालीका प्रमुख प्रेम घले र उपाध्यक्ष कुमारी मूनी तमु तथा अतिथीहरुमा कास्की जिल्ला अन्तरगतका स्थानिय प्रतिनिधीहरु, कास्की जिल्ला अध्यक्ष, समाजका अध्यक्ष, पत्रकार तथा पोखराका तमुहरुको बाक्लो उपस्थिती थियो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले राजनितीलाई फोहोरी गेम बाट बचाउन नेत्रीत्वमा आदीबासी जानुपर्छ भन्नुभयो । गुरुङले यस अघि लम्जुङ जिल्लामा बन्दै गरेको क्हाेईवाे निर्माणको लागि गत आर्थिक बर्षमा २० लाख बजेट छुट्याईएको र यस बर्ष पनि प्रदेश बाट सक्दो कोसिस गर्ने बताउनु भयो ।

पाच दिनको उक्त अभियान बाट तमु प्ये ल्हु संघ लम्जुङले करीब २६ लाख आर्थिक सहयोग संकलन गरेको छ ।

चन्दादाता सस्था तथा व्यक्तीहरु निम्न छन् I
प्रगतीचोक आमा समुह रिठ्ठेपानी = १,०२,३९०
सिंदी तमु समाज  = १,१०,४९०
भुजुङ यम्पो तमु समाज  = ३,३६,६९०
गिलङु समाज  = ४०,२५०
पस गाँउ तमु परिवार  = १,६८,९७०
पोचोको तमु परिवार  = ६,३१,४१०
डढुवा दुर्छा तमु समाज  = १,७०,३८५
श्री लम्जुङ समाज = १,००,२०५
तमु प्ये ल्हु संघ केन्द्र  = ९,४४,२६०
व्यक्तीगत  = १५०५

गरी जम्मा २६,२०,०९५ अक्षरमा (छब्बिस लाख बीस हजार पन्चानब्बे रुपैया मात्र) संकलन भएको तमु प्ये ल्हु संघ लम्जुङकी सचिव मन माया टु क्ल्हेप्रीले जानाकारी दिनुभयो ।

/>कार्यक्रम बरीष्ट गायक तिलक प्ल्हे, कुशुम गुरुङ, तमु प्ये ल्हु संघ लम्जुङ युवासमितीका कलाकार र कास्कीका केहि समाजका आमाहरु लगायतको सास्कृतिक प्रस्तुतीले थप मनोरञ्जन दिएका थिए ।

कार्यक्रमको अन्तिम चरणमा अध्यक्ष क्याप्टेन मिल बहादुर चोर्मी तमुले लम्जुङ क्हाेईवाे निर्माणको लागि सहयोग दिने सम्पुर्ण पोखराका तमुहरु, समाज, जिल्ला र केन्द्रलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभयो ।

फोटो हेर्नु होस् ……. फोटो एल्बम

{vsig}photos/tpls_lamjung_kohiebo{/vsig}

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments