Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONलमजुङका गुरुङ समुदायलाई कोरोना प्रतिरोधात्मक शक्ति बढाउने होमियोप्याथिक औषधी वितरण

लमजुङका गुरुङ समुदायलाई कोरोना प्रतिरोधात्मक शक्ति बढाउने होमियोप्याथिक औषधी वितरण

खुशीमाया गुरुङ, असार २७, लमजुङ ।
तमु प्ये ल्हु संघ केन्द्रीय समितिले लमजुङका गुरुङ समुदायलाई कोरोना प्रतिरोधात्मक शक्ति बढाउने होमियोप्याथिक औषधी वितरण सुरु गरेको छ ।
बेसीशहर नगरपालिका ७, मनाङ्गे चौतारास्थित मनाङ्गे चौतारा आमा तथा बाबा समूहको भवनमा शनिबार तमु प्ये ल्हु संघले कोरोना प्रतिरोधात्मक शक्ती  बढाउने आरसेनिक एल्बम–३० नामक होमियोप्याथिक औषधी वितरण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दे तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी गुरुङले क्व्होलासोंथर गाउँपालिकाका लागि गाउँपालिका अध्यक्ष प्रेम घलेलाई हस्तान्तरण गर्नुभयो ।
 
तमु प्ये ल्हु संघ लमजुङका लागि संघका अध्यक्ष क्याप्टेन मिलबहादुर गुरुङलाई र मस्र्याङ्दी गाउँपालिकाका १, घनपोखराका लागि सन्तोष गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।
तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष गुरुङले पोखराको रामबजारस्थित किरण होमियो फार्मेसीको सहयोगमा गुरुङ चलचित्र ङ्हेल्स्यो र मिलन फाउन्डेशनको व्यवस्थापनमा वितरण गरिएको बताउनुभयो । १६ हजार परिवारलाई लक्षित गरेर १६ लाख रुपैया बराबरको औषधि वितरण गरेको उहाँले बताउनु भयो ।
 
एक अर्को प्रसंगमा उहाँले तमु प्ये ल्हु संघले एक गाउँ एक क्होइँबो अभियन लिएर अघि बढेको बताउनुभयो । यस्तै गुरुङ जातीलाई विश्वभर परिचित गराउन गुरुयोजना बनाएर अघि बढेको उहाँले बताउनुभयो । प्ये ल्हु संघले बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयको सहयोगमा गुरुङ जातिको आदिम थलो क्व्होलासोंथरको उत्खनन गर्ने तयारी गरेको उहाँले बताउनुभयो । कार्यक्रममा क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेम घलेले गुरुङ जातिले आफ्नो मौलिक पहिचान दिने धर्म, संस्कार, संस्कृति र रीतिरिवाजलाई एकरुपता गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
 
तमु प्ये ल्हु सघंका केन्द्रीय सचिव हर्कबहादुर गुरुङले कोरोना विरुद्धको शक्तिवद्र्धक औषधी ३ बर्षदेखि १२ बर्ष सम्म उमेरकाले १÷१ गोली ३ दिन लगातार बिहान खाली पेटमा चुसेर खाने र त्यसपछि हप्तामा १ पटक ३ हप्ता सम्म खानुपर्ने बताउनुभयो । १२ बर्ष भन्दा माथि उमेरकाले ३ दिन लगातार विहान खाना नखाइखन २/२ गोली चुसेर खाने र त्यसपछि प्रत्येक साता ३ दिन बिहान २/२ गोली खानुपर्ने उहाँले बताउनु भयो ।
 
तमु प्ये ल्हु संघ लमजुङ शाखा अध्यक्ष क्याप्टेन मिल बहादरु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्व्होलासोंथर गाउँ कार्यपालिका सदस्य गमीमाया गुरुङ, नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङ, तमु प्ये ल्हु संघ युवा समितिको अध्यक्ष शेष गुरुङ, बेंसीसहरस्थित हरेक टोलका तमु बाबा तथा आमा समूहका अगुवालगायतको उपस्थिति थियो । उक्त औषधी तमु प्ये ल्हु संघ केन्द्रीय समितिले नेपाल पत्रकार महासंघ लमजुङ शाखालाई समेत वितरण गरेको छ ।
 
तमु प्ये ल्हु संघले उक्त औषधी पोखराका सवै गुरुङलाई वितरण गरिसकेको जनाएको छ । अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेशका अध्यक्ष डा. विष्णुप्रसाद चापागाईले होमियोप्याथिक औषधीमा भाइरससँग लड्ने क्षमता धेरै रहेको र अहिलेको कोरोना भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमतामा बढी प्रभावकारी देखिएको बताउनुभएको छ । यसको कुनैपनि साइड इफेक्ट अर्थात असर नरहेको दावी गर्दै उहाँले उक्त औषधि मेडिकल साइन्सबाट समेत पुष्टि भइसकेको दावी गर्नुभएको छ । यस औषधी दम, मधुमेह, उच्च रक्तचाप जस्ता विरामीले समेत सेवन गर्न सकिने उहाँले बताउँदै आउनुभएको छ ।
 
असारको पहिलो हप्तादेखी अभियानकै रुपमा तमु प्ये ल्हु संघ केन्द्रिय समितिको समन्वयमा, अल नेपाल होमियोप्याथिक गण्डकी प्रदेश समितिको व्यवस्थापनमा र किरण होमियो फार्मेसी रामबजारको प्याकिङ सहयोगमा गुरुङ चलचित्र ङ्हेल्स्यो सैना युनिट र मिलन फाउन्डेसन नेपालको सहकार्यमा वितरण गर्दै आएको हो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments