Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALरोधी साँझबाट तमु धिं जापानले बुद्ध मण्डला निर्माणका लागि ६ लाख, गुरुङ...

रोधी साँझबाट तमु धिं जापानले बुद्ध मण्डला निर्माणका लागि ६ लाख, गुरुङ संग्रहालय र तमु कलाकार संघ सहयोग हस्तान्तरण

रोधी साँझबाट तमु धिं जापानले बुद्ध मण्डला निर्माणका लागि ६ लाख, गुरुङ संग्रहालय र तमु कलाकार संघ सहयोग हस्तान्तरण
२२ असोज २०७९ पोखरा | तमु धिं जापानले पोखरा ११ काँहुडाडामा निर्माण हुने धर्मकाया बुद्धमण्डला सहयोगार्थ ६ लाख १ हजार १ सय रुपैया, तमु धिं नेपालमा निर्माणाधीन गुरुङ संग्रहालयको सहयोगार्थ ५१ हजार १ रुपैया, तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश समितिलाई ५१ हजार १ रुपैया र तमु(गुरुङ)कलाकार संघ केन्द्रिय समितिलाई ५१ हजार १ रुपैया सहयोग हस्तान्तरण गरेको छ।
धर्मकाया बुद्ध मण्डला तथा विकास समितिद्धारा बुद्ध मण्डला निर्माणस्थलमा आयोजित कार्यक्रममा तमु धिं जापानका संरक्षक इश्वर गुरुङ, चर्चित गायक राजु लामा, तमु धिं जापानका पुर्व अध्यक्षहरु ओमप्रकाश गुरुङ, श्रीभक्त गुरुङ, श्रीजंग गुरुङ, एनआरएनए जापानका अध्यक्ष शिव पौडेल लगायतले उक्त सहयोग रकम धर्मकाया बुद्धमण्डला निर्माण तथा विकास समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैना, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङलाई हस्तान्तरण गर्नुभएको हो।
तमु धिं जापानको वार्षिक कार्यक्रम अन्र्तगत गत २१ अगष्टमा जापानमा भव्यताका साथ सम्पन्न “२४ औं रोधीं साँझ २०२२” बाट बचत रकम मध्येबाट नेपालको पर्यटन प्रवद्र्धन, सँस्कृति संरक्षण र विकासका लागि सहयोग गरिएको हो। बुद्ध मण्डला निर्माण सहयोगार्थ आयोजित रोधी साँझ एवम कन्सर्टमा मंगोलयन हर्टका चर्चित गायक राजु लामाले विशेष सांगितिक प्रस्तुति गरी तमु धिं जापानले सहयोग संकलन गरिएको कार्यक्रम संयोजक तथा तमु धिं जापानका संरक्षक इश्वर गुरुङले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तमु धिं जापानले पोखरा र राष्ट्रको विकासका लागि गरेको सहयोग एवम पहलको प्रसंशा गर्नुहुदै काहुडाडामा बुद्ध मण्डला निर्माणका लागि पोखरा महानगरपालिकाको तर्फबाट आवाश्यक बजेट, योजना, आवाश्यक प्रकृयागत कार्यहरुमा पुर्ण रुपमा सघाउने बताउनुभयो। पोखरालाई पर्यटकीय शहर घोषणा हुदैछ त्यसका लागि बुद्ध मण्डला पोखरालाई चिनाउने, पर्यटकको बसाई लम्ब्याउने केन्द्रको रुपमा विकास हुने विश्वास गर्नुहुदै उहाँले सक्दो छिेटो निर्माण कार्य शुरु गरी छोटो समयमै सम्पन्न गर्ने गरी अघि बढ्ने अपेक्षा समेत गर्नुभयो।
  
यसरी नै तमु धिं जापानका संरक्षक इश्वर गुरुङले बुद्ध मण्डला निर्माणमा एक इटा थप्न भने पनि सघाउन पुग्छ भन्ने उद्धेश्यका साथ रोधी साँझ भव्यताका साथ सम्पन्न गरिएको र बचत रकम सहयोग हस्तान्तरण गरिएको बताउनुभयो। आफुहरुले बर्षेनी च्यारिटीका लागि कार्यक्रम गरी सघाउदै आएको भन्दै थोरै भए पनि सहयोग सँगै मण्डला निर्माणको प्रचारमा सघाएको बताउनुभयो। तमु धिं जापानले नेपालको हरेक सुख दुःखमा साथ दिदै आएको र तमु धिं जापान लगायत एनआरएनए जापानले आगामी दिनमा पनि सघाउने बताउनुभयो।
मंगोलियन हर्टका चर्चित गायक राजु लामाले पुण्यकर्मका लागि आयोजित कार्यक्रममा आफुले सहभागिता जनाएर सघाउन पाएकोमा खुशी व्यक्त गर्नुहुदै आगामी दिनमा पनि सघाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले मण्डला निर्माण छिट्टै निर्माण भई पर्यटकहरु ल्याउन पाउने विश्वास व्यक्त गर्नुभयो।
गैर आवाशिय नेपाली संघ जापानका अध्यक्ष शिव पौडेलले मण्डला निर्माणको अभियानमा एनआरएनए जापान पनि सघाउन तयार रहेको बताउनुहुदै परियोजनाले छिट्टै पुर्णता प्राप्त गरी जापानिज पर्यटक भित्राउन पाउने आशा व्यक्त गर्नुभयो।
पोखरा महानगरपालिका वडा नं.११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले बुद्ध मण्डला निर्माणका लागि वडा, महानगरपालिका सहयोग गर्न तयार रहेको बताउनुहुदै तमु धिं जापानले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु धिं जापान एवम सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुहुदै बुद्ध मण्डला निर्माणका लागि आगामी दिनमा चर्चित गायक राजु लामा, राजेश पायल राई लगायतका गायकहरु सहितको भव्य सांगितिक कार्यक्रम गरी बुद्ध मण्डला निर्माणको अभियानलाई सहयोग र प्रचार गर्ने इच्छा रहेको बताउनुभयो। उहाँले तमु धिं जापानले विदेशी भुमिमा रहेर बुद्ध मण्डला निर्माणार्थ उदाहरणी अभियानको थालनी गरी सहयोग गरेकोमा आभार समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा तमु धिं जापानको सम्पुर्ण टिमलाई धर्मकाया बुद्ध मण्डला तथा विकास समिति, तमु धिं नेपाल, तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेश समितिले खादा, माला, फेटा, बुके लगायतले स्वागत सम्मान गरेको थियो।
धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी मैना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मण्डला निर्माणको ऐतिहासिकता, उद्धेश्य, भइरहेको गतिविधी र योजनाबारे उपाध्यक्ष राजबहादुर गुरुङले प्रष्ट पार्नुभएको थियो भने अर्का उपाध्यक्ष भरतराज शाक्यले स्वागत र सचिव पुर्ण लामा ह्योल्मोले कार्यक्रम संचालन गर्नुभएको थियो।
@कास्की अवाज #Hum

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments