रोग प्रतिरोधात्मक औषधि कालाबाङ घरेडी तमु समाज पोखरा-१७ विरौटामा वितरण
पोखरा, असार १९ ।
मानव शरीरमा कुनैपनि रोग लागेर दीर्घकालीन रुपमा एलोप्याथिक औषधी सेवन गरिराख्नु भन्दा शरीरमा रोग लाग्नै नदिन निश्चित अवधिभर मात्र होमियोप्याथिक औषधी सेवन गराउने उद्देश्यले अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेश समितिको व्यवस्थापन तथा तमु प्ये ल्हु संघ केन्द्रीय समितिको समन्वयमा यहि असार ६ गतेदेखि अभियानकै रुपमा Ars.Alb.30c शक्तिवर्धक औषधी नि:शुल्क वितरण गरिदै आएको छ ।
यसै क्रममा आज असार १९ गते कालाबाङ घरेडी तमु समाज पोखरा-१७ विरौटाको सभाहलमा समाजका अध्यक्ष दुर्गा बहादुर गुरुङ, उपाध्यक्ष सु.मे.गम बहादुर गुरुङ र सचिव कृष्ण प्रसाद गुरुङको हस्ते १४० घरधुरीलाई फेमिली प्याकेज औषधी वितरण गरिएको हो । साथै कालाबाङ च्याल्खु डाँडा चैंबर लेम्मे तमु परिवारका अध्यक्ष लक्ष्मी गुरुङको हस्ते २५ घरधुरीलाई पनि सो औषधी वितरण गरिएको छ ।
यसरी वितरण गरिएको एक फेमिली प्याकेज बराबर ५ जना परिवारलाई पुग्ने सो औषधीको कुनै साइड इफेक्ट नभएको र दुई वर्ष भन्दा मुनिका बाबुनानी, गर्भअवस्था भएको माहिला र अशक्त विरामी (Bed Patient) बाहेक अन्यले निर्धक्क सेवन गर्न सक्ने कुरा अल नेपाल होमियोप्याथिक, गण्डकी प्रदेश समितिका अध्यक्ष डा.बिष्णु प्रसाद चापागाईंले बताउनु भएको छ ।
यसैगरी जनसमुदायमा होमियोयाथिक औषधीको माग बढे अनुसार तमु प्ये ल्हु संघ केन्द्रीय समितिको समन्वय र किरण होमियो फार्मेसी रामबजारको प्याकिङ व्यवस्थापनमा पाइला फिल्मस प्रा.लि.को ब्यानरमा निर्मित गुरुङ चलचित्र ङ्हेल्स्यो (सैना) को युनिट र मिलन फाउन्डेसन नेपालले पनि औषधी वितरण सहकार्य गर्दै आइरहेको छ ।
संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमुले हरेक संघ संस्थाका प्रतिनिधि तथा व्यक्ति विशेषसँगको प्रत्यक्ष भेटवार्तामा अहिलेको जटिल अवस्था र भोलिको चुनौती बारे एवम् कोरोनाबाट बच्ने उपायहरुको बारेमा सावधानी अपनाउन अपिल गर्दै भेदभाव होइन सद्भाव बढाऔं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्दै संघको भाबी कार्यनीति बारे आफ्नो धारणाहरु राख्दै आउनुभएको छ । यसैगरी संघका महासचिव हर्क योज तमुले अनौपचारिक रुपमा कार्यक्रम बारे संक्षिप्त जानकारी गराउँदै आउनुभएको छ भने उहाँलाई संघ जिल्ला समिति कास्कीका कार्यवाहक अध्यक्ष निम प्हच्यु तमुले सघाउँदै आउनुभएको छ ।