Sunday, May 22, 2022
Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONरोग प्रतिरक्षा शक्ति बढाउने औषधी भुजुङ युम्पो तमु समाजलाई ...

रोग प्रतिरक्षा शक्ति बढाउने औषधी भुजुङ युम्पो तमु समाजलाई वितरण

रोग प्रतिरक्षा शक्ति  बढाउने औषधी भुजुङ युम्पो तमु  समाजलाई  वितरण 
असार २० | पोखरा।
रोग प्रतिरक्षा शक्ति  बढाउने Arc. Album 30c होमियोप्याथिक औषधी  आज असार २० गते भुजुङ युम्पो तमु समाज, जयगंगा मार्गका अध्यक्ष इन्जिनियर रामचन्द्र गुरुङको र क्होला सोंथर गाउँपालिकाको कार्यपालिका सदस्य गमी गुरुङको रोहबरमा १५०  परिवारको  ७५० जनालाई एक महिनाको लागि  औषधी नि:शुल्क वितरण गरिएको छ ।

तमु प्ये ल्हु संघ केन्द्रको समन्वयमा अल नेपाल होमियोप्याथिक गण्डकी प्रदेश  र किरण होमियो फार्मेसी रामबजारको व्यवस्थापन  तथा मिलन फाउण्डेशन नेपाल र  गुरुङ चलचित्र ङ्हेल्स्यो सैनाको युनिटको सहकार्यमा उक्त औषधी वितरण गरेको हो  ।

यसरी वितरण गरिएको एक फेमिली प्याकेज बराबर ५ जना परिवारलाई पुग्ने सो औषधीको कुनै साइड इफेक्ट नभएको र दुई वर्ष भन्दा मुनिका बाबुनानी, गर्भअवस्था भएको माहिला र अशक्त विरामी  बाहेक अन्यले निर्धक्क सेवन गर्न सक्ने कुरा अल नेपाल होमियोप्याथिक, गण्डकी प्रदेश समितिका अध्यक्ष डा.बिष्णु प्रसाद चापागाईंले जानकारी गरे  ।

भुजुङ समाजका पूर्व सचिब टेक बहादुर चोर्मी तमुले भुजुङ युम्पो तमु समाज र तमु प्ये ल्हु संघ बीच छुट्टै गहिरो  सम्बन्ध छ । तमु प्ये ल्हु संघले आयोजना गर्ने हरेक ल्होसार र कार्यक्रममा  समाज सहभागी भइरहेको  र तमु  प्ये ल्हु संघको ल्होसारमा आयोजित सामुहिक नृत्य प्रतियोगितामा आफ्नो  समाज पनि सहभागि भइ तिन चोटी प्रथम भएको  जानाकारी दिनुभयो ।

कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमुले भुजुङमा मौलिकता बोकेको घर, भाषा, धर्म र संस्कार र संस्कृति छ जस्ले हाम्रो मौलिकता बचाउछ भन्नु  भयो। त्यसैले यसलाई बचाउन भुजुङेलाई आग्रह गर्नुभयो ।

क्याम्ब्रीज विश्व विद्यालयको सहयोगमा तमु प्ये ल्हु संघले गर्न लागेको क्होला सोथर उत्खननको बेला संघले भुजुङ युम्पो तमु समाज लाई पनि प्रतिनीधीको रुपमा लैजान्छौ  । त्यस्को लागि आफ्नो सांस्था बाट प्रतिनिधीको रुपमा जान र सहयोग गर्न तमु प्ये ल्हु संघ केन्द्रीय महासचिव हर्क योज तमुले अनुरोध गरे ।

भुजुङ युम्पो तमु समाजका अध्यक्ष ई. रामचन्द्र तमुले आफ्नो संस्थाका सदस्यहरुलाई रोगबाट बचावटको लागि  रोग प्रतिरक्षा शक्ति  बढाउने Arc. Album 30c होमियोप्याथिक औषधी वितरण गरि  तमु प्ये ल्हु संघ र सहयोगि सस्थाहरुले  यो पुर्ण्य कार्य  गरेकोमा  आभार एवं धन्यवाद  ब्यक्त गर्दै प्ये ल्हु संघको योजनामा भुजुङ युम्पो तमु समाज पनि अबस्य  सहकार्य गर्ने बचनबद्धता दिनु भयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments