पोखरा, २७ असार
नेपाल मगर पत्रकार संघ, कास्की शाखाद्वारा सञ्चालित “राष्ट्रिय मौलिककौराहा संरक्षण पत्रकारिता पुरस्कार -२०७९”का लागि प्रतिभा छनौटसमिति गठन गरिएको छ ।
सोमबार सम्पन्न संघको कार्यसमिति बैठकले राष्ट्रिय मौलिक कौराहा
संरक्षण समिति, नेपालले स्थापना गरेको सो पुरस्कारका लागि संघकाकेन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा सातसदस्यीय छनौट समिति गठन गरेको सचिव उमा आलेमगरले जानकारीदिनु भयो । छनौट समितिका सदस्यहरूमा कौराहा संरक्षण समितिका अध्यक्ष हर्क आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, केन्द्रीय सदस्य नरमाया आलेमगर, संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, जिल्ला अध्यक्ष रूद्रबहादुर हितानमगर र सचिव उमा आलेमगर
रहनु भएको छ ।
सो पुरस्कार आगामी साउन १५ गते प्रदान गरिने सचिव आलेमगरले जानकारी दिनु भयो । यस पुरस्कारबाट हालसम्म कमला रानामगर, तिलक आगामी साउन १५ गते नै गर्ने निणर्य गरेको छ । पुनमगर, प्रताप रानामगर र एमबी आस्था मगर परस्कृत भइसक्नु भएको छ । पुरस्कारको राशि १० हजार नगद र ताम्रपत्र रहेको छ। पत्रकारिताका माध्यमबाट मगर जातिको मौलिक संस्कृति कौराहा नाचको प्रचारप्रसार र संरक्षणमा योगदान पुर्याउने एक जना मगरपत्रकारलाई हरेक वर्ष पुरस्कार प्रदान गरिँदै आएको छ । यसैबीच, अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा सम्पन्न बैठकले नेपाल मगर पत्रकार संघ, कास्कीको दोस्रो जिल्ला अधिवेशन समेत आगामी साउन १५ गते नै गर्ने निणर्य गरेको छ ।