Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALराष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा पोखरामा ट्होटें पर्व मनाइदै

राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा पोखरामा ट्होटें पर्व मनाइदै

राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा पोखरामा ट्होटें पर्व मनाइदै, चारभञ्ज्याङले सरसफाई गर्यो

पोखरा, २८ साउन तमुहरुको ऐतिहासिक एवम परम्परागत साँस्कृतिक ट्होटें पर्व साउन ३१ गते मंगलवार पोखरामा धुमधामका साथ मनाउने भएको छ।

राष्ट्रपति बिद्यादेवि भण्डारीको प्रमुख आतिथ्यतामा मनाइने यसपालीको ट्होटें विशेषले रुपमा मनाउने भएको हो। पोखराको चिप्लेढुंगा मानवअधिकारचोकमा तमु समाज एवम विभिन्न संघ संस्थाहरु मौलिक भेषभुषा, बाजागाजा, झाँकी, साँस्कृतिक प्रस्तुतिसहित ट्होटें र्याली शुरु हुनेभएको छ।

तमु धिं नेपालद्धारा चैत्र र साउन महिनाको अन्तिम मंगलवार सामुहिक रुपमा मनाइने ट्होटेंको र्याली चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालको प्राङ्गणमा ट्होटें विशेष समारोहमा परिणत हुने भएको छ। ट्होटें विशेष समारोहको राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्नुहुदै सम्बोधन गर्ने कार्यक्रम रहेको तमु धिं नेपालले जनाएको छ। पहिलो पटक तमु धिं नेपालमा राष्ट्रप्रमुख राष्ट्रपतिको आगमन हुने कार्यक्रमका लागि तमु धिं विशेष तयारीमा जुटेको बताइएको छ।

कार्यक्रममा तमु समुदायका मौलिक साँस्कृतिक प्रस्तुति, जननिर्वाचित जनप्रतिनीधिहरुलाई सम्मानका साथै ट्होटें र्यालीमा उत्कृष्ठहरुलाई पुरस्कृत गरिने अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार प्रथमलाई ३० हजार रुपैयासहित ट्रफी, दोश्रोलाई २० हजारसहित ट्रफी, तेश्रोलाई १५ हजारसहित ट्रफी, सान्त्वनालाई १० हजारसहित ट्रफी र चार वटा समाज, समुहलाई ५÷५ हजारसहित पुरस्कृत गरिने भएको छ।

तमु धिं नेपालको प्राङगणका साथै ट्होटें पर्वमा पहिलो पटक राष्ट्रपति भण्डारीको आगमनले पोखरेलीहरु निकै उत्साहित भएकाछन्। कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न विशेष रुपमा तमु समाजहरुको तयारी रहेको बताइन्छ।

यसैक्रममा चारभञ्ज्याङ तमु समाज पोखराले शनिवार तमु धिं नेपालको परिसर सरसफाई गरेको तमु धिं नेपालका प्रचार विभाग प्रमुख सुरेन्द्र गुरुङले जानकारी दिनुभयो। चारभञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष गणेशबहादुर गुरुङको नेतृत्वमा समाजको सदस्यहरुको बृहत सहभागितामा तमु धिं परिसर सरसफाई गरिएको हो।

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले चारभञ्ज्याङ तमु समाजले तमु धिं नेपालको हरेक कदममा उदाहरणीय साथ सहयोग गरिरहेको भन्दै धन्यवाद सहित आभार व्यक्त गर्नुभएको प्रचार संयोजक गुरुङले बताउनुभयो।

तमुहरुको छाता संस्था तमु धिंमा राष्ट्रकै प्रमुख राष्ट्रपति आगमन हुने भएकाले अत्यन्तै खुशीका साथ तमु धिं परिसर सरसफाईमा जुटेको र राष्ट्रपति भण्डारीको स्वागतका लागि आफुहरु आतुर रहेको चारभञ्ज्याङ तमु समाजका अध्यक्ष गणेशबहादुर गुरुङको भनाई थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments