रविन गुरुङको नेतृत्वमा तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको नयाँ कार्य समिति चयन
१९ फाल्गुन २०७६, सोमबार
तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनले काठमाडौं निवासी रविन गुरुङको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ ।
गत फागुन १७ गते लमजुङको क्होंला सोंथर गाउँपालिका वडा नं. ६ पसगाउँमा सम्पन्न भएको महाधिवेशनले उपाध्यक्षमा चित्रबहादुर गुरुङ (काठमाडौं)लाई चयन गरेको छ भने महासचिवमा रोशनी गुरुङ (कास्की), सचिवमा चित्रसोल्टी गुरुङ (चितवन) र कोषाध्यक्षामा दीपेन्द्र गुरुङ (काठमाडौं)लाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा मणिलाल गुरुङ (कास्की), किरण गुरुङ (कास्की), खिमा गुरुङ (कास्की), केशव गुरुङ (गोरखा), रोहित गुरुङ (सिन्धुली), गजेन्द्र गुरुङ (बाँके), सीता गुरुङ (चितवन), नविन गुरुङ (सुनसरी), मिना गुरुङ (लमजुङ) र कुमार गुरुङ (रुपन्देही)लाई चयन गरेको छ ।
यसअघि महाधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गुरुङहरु संकुचित भए पहिचान गुम्दै जाने बताउनु भयो ।
पहिलो पटक पसगाउँमा पुग्नु भएका मन्त्री गुरुङले महाधिवेशनको प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्ने क्रममा सामाजिक सञ्जाल फेसबुक स्टाटसको सन्दर्भ कोट्याउँदै प्रदेशको नामाकरणका बेला साझा नामबाट मात्रै दिगो एकता हुने भएकाले मैले नै गण्डकी प्रदेश नाम प्रस्ताव गरेको हुँ, जसका कारण बहिष्कारदेखि घृणा, विरोधहरु पहिचानवादीहरुबाट भएकोमा कुनै गुनासो छैन, जे छु खुशी छु, भन्नु भएको थियो ।
माया गर्ने पनि आफ्नैले हो, घृणा गर्ने पनि आफ्नैले हो भन्दै विचार नमिल्नेलाई घृणा होइन, मिलेर अघि बढ्न सक्नुपर्दछ भन्दै उहाँले पहिचानको नाममा संकुचित भइयो भने पहिचानहरु लोप हुँदै जाने तर्क प्रस्तुत गर्नुभयो ।
{vsig}/photos/atjon-4th-convantion/{/vsig}