फाल्गुण ४ पोखरा / तमु धि एशोशिएसन यु के , प्रतिष्ठानका यु के निवासी अक्षयकोषदाताहरु , पोखरेली मन्च यु के, सहारा क्लब यु के, एन आर एन यु के , तमु धि नेपालका व्यक्तित्वहरुसङ्ग आज लेकसाइड स्थित होटल माउन्टेन टपमा तमु संस्कृतिक प्रतिष्ठान नेपाल परिवारले स्वागत तथा भेटघाटको कार्यक्रम गरेको थियो ।
प्रतिष्ठानका अध्यक्ष चित्र तमुले खादा लगाई स्वागत गर्नु भएको उक्त कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष चिजकाजी तमुले स्वागत मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै गरि पोखरेली मन्च युके का अध्यक्ष मान प्रसाद तमु , तमु धि एशोशियसन युकेका उपाध्यक्ष जुमकाजी तमु र एन आर एन युकेका अध्यक्ष पुनम तमुले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा पोखरेली मन्च युकेका अध्यक्ष मान प्रसाद तमुले प्रतिष्ठानलाई रु ५०१००/- आर्थिक सहयोग गर्नुभयो ।
अन्त्यमा प्रतिष्ठानका अध्यक्ष चित्र तमुले सस्थाको गतिबिधीको बारेमा थप प्रकाश पार्नु हुदै सबैलाई धन्यवाद दिनुभयो ।
उक्त छोटो स्वागत तथा भेटघाट कार्यक्रम प्रथम उपाध्यक्ष श्रीजङ्ग तमुले सन्चालन गर्नु भएको थियो ।
फोटो एल्बम
{vsig}photos/tamucan-guest-welcome/{/vsig}