Google search engine
HomeUncategorizedमेलमिलाप सम्बन्धी आधारभुत एक हपते तालिम सुरु ।

मेलमिलाप सम्बन्धी आधारभुत एक हपते तालिम सुरु ।

पोखरामा विहीबार देखि मेलमिलाप सम्बन्धी आधारभुत एक हपते तालिम सुरु भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा भएको तालिमको उद्घाटन गर्नुहुँदै, नगरपालिका प्रमुख धनराज आचार्यले तालिमले मुद्धामामिला रहितमा टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सानो कुरामा भएको झगडालाई स्थानिय तहमै मेलमिलापकर्ताहरुले मिलाउन सकिने समस्या समाधान हुने बताउनुभयो ।

जिल्ला अदालत कास्कीका न्यायधिस रमेश प्रसाद खरेलले तालिम पश्चात आ–आप्mनोवडामा हुने विवाद समाधानमा लाग्नका लागि सहभागीहरुलाई आग्रह गर्नुभयो । उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले मेलमिलापकर्ताले विवाद समाधानका प्रक्रिया अनुसार अघि वढ्नुपर्नेबारे बोल्नुभएको थियो ।

पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले वडामा भएको विवादलाई वडामै समाधानका लागि तालिमलमा सहभागिहरुले महात्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उप–प्रमुख गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महानगर न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोम लम्सालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments