Google search engine
Homeसाहित्य | LITERATUREमेरा श्रद्धाय गुरु ... स्वर्गीय नारायण कोने प्रति समर्पित हुदै कविता

मेरा श्रद्धाय गुरु … स्वर्गीय नारायण कोने प्रति समर्पित हुदै कविता

योगेश गुरुङ , बेलायत /स्वर्गीय नारायण कोने प्रति समर्पित हुदै कविता मार्फत हार्दिक श्रद्धाञ्जली !

 

मेरा श्रद्धाय गुरु….

मेरा श्रद्धाय गुरु.. हामी सबैका गुरु हुन्,
जिवान भरि.. किताबका पान्नाहरुमा
लाखौ कलमहरुका खेति गर्नु भो
हजारौं .. बिधार्थीहरुलाई नैतिक शिक्षा उपहार.. दिनु भो
हाजारौ..मानिसहरुलाई बौद्धिक शिक्षाको ज्योति.. दिनु भो

आफ्ना गन्तब्य भुलेर हिडेकाहरुलाई
सुन्दर कर्तव्यका बोटहरु दिनु भो
मेरा श्रदाय गुरु हामी सबैका गुरु हुन्
मेरा श्रद्धाय गुरु एउटा पवित्र धागो हुन्

टुटेका दाज्युभाइहरुलाई प्रेम र करुणाका सुन्दर धागोहरुले
फुटेका सस्थालाई ईमान्दारी र समाजदारीका फुलहरुले
समृद्धिको माला उनेर हामीलाई उपहार दिनु भो
मेरा श्रद्धाय गुरु हामि सबैका गुरु हुन्
मेरा श्रदाय गुरु …एउटा पवित्र दियो हुन्

लिनु भन्दा.. दिनुमा अन्नान्दित हुन्छ भन्नु हुन्थ्यो
दियोले जसरी निस्वार्थ भावनाले
हर दिन हर पलहरु उज्यालो मात्र दिई रहनु भो
दियोले जसरी हरेक अध्यारो घरमा, गाउँमा र समाजमा
पवित्रा शिक्षाको दियो बनेर उज्यालो दिनु भो

जिवानभर दिई मात्र रहनु भो एउटा दियोले जसरी …
दिदा.. दिदा,, आज एउटा सबैका प्रिय दियो
सबैका श्रद्धाय दियो निभेको मर्महातको आभास भएको छ
आज एउटा पवित्र दियो निभेको छ
मेरा गुरु सबैका गुरु हुन ।

मेरा गुरु …बाटो बिराएकाहरुका लागि सुन्दर ज्योति हुन्
मेरा गुरु …पढन नजानेकाहरुका लागि एउटा पबित्र किताब हुन्
मेरा गुरु.. लेख्न नजानेकाहरुका लागि एउटा सुन्दर कलम हुन् |
मेरा गुरु …आध्यारो रातका एउटा सुन्दर प्रिय जुन हुन् ।

मेरा गुरु सबैका गुरु हुन
श्रदाय गुरुको अनुपस्थितिले
आज हामी टुहुरा, टुहिरी भएका छौ
हाम्रा घर, समाजमा सदा अपुरो रहने छ
मेरा स्वार्गीय श्रद्धाय गुरु हामी सबैका गुरु हुन ।

स्वार्गमा
बिहान पाखामा उठ्दा
सुन्दर.. हिमाल देख्न पाओस
भोक लाग्दा ८४ ब्यान्जन स्वादिष्ट खाना प्राप्त होस्
स्वार्गमा डुली हिड्दा सुन्दर बगैचाहरुमा आफन्तहरु संग भेटहोस्

सुत्ने बेलामा
श्री भगवान बुद्धको न्यानो काख मिलोस,
मेरा स्वार्गिय श्रद्धाय गुरु प्रति
हार्दिक नमन तथा लाखौ लाख
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments