मणी सरब्ज तमु | पोखरा | माघ ११ | तमु धिं नेपालद्धारा नवनिर्मित भवन एवम प्रवेशद्धार निर्माण सहयोगार्थ एवम् संरक्षक सद्स्यताका लागि तमु प्ये ल्हु संघ युके का निवर्तमान अध्यक्ष एवम् सल्लाहकार प्रमुख पुरानो गाउ धम्पुस अहिले पोखरा १ अधिकारी टोल स्थायि घर भइ युके वेल्स निवासी मेजर खुशीमान गुरुङ (MVO) र वहाँका धर्मपत्नी मन्जु गुरुङले रु.१,००,०००/- एक लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको छ ।
सहयोगदाता मेजर गुरुङ दम्पतीले तमु धिं नेपालका अध्यक्ष समाजसेवी हुम गुरुङलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो।
सहयोग रकम हस्तान्तरण गर्नुहुदै तमु प्ये ल्हु संघ युकेका सल्लाहकार प्रमुख मेजर गुरुङले पोखरा नेपालको गुरुङको सामाजिक संस्थालाई आफुहरुको तर्फबाट सहयोग गर्न पाउदा अत्यन्तै खुशी लागेको बताउनुभयो।
मेजर गुरुङका धर्मपत्नी मन्जु गुरुङले, गुरुङ(तमु) समाज, जाति, मौलिक धर्म संस्कार, संस्कृतिको सम्रक्षण र सम्बर्द्धन गर्नको लागि तमु धिं नेपालले गर्ने हरेक सामाजिक कार्यहरुको लागि आफुहरुको आगामी दिनमा पनि थप साथ र सहयोग भइरहनेछ भन्नु भयो ।
उक्त अवसरमा तमु धिं नेपालका अध्यक्ष हुम गुरुङले मेजर गुरुङलाई तमु धिं संरक्षक सद्स्यता प्रदान गर्नु भयो | तमु धिं नेपालद्धारा नवनिर्मित भवन एवम प्रवेशद्धार निर्माण सहयोगार्थ रु.१,००,०००/- एक लाख रुपियाँ सहयोग प्रदान गर्ने दाताहरुलाई तमु धिं नेपालले संरक्षक सद्स्यता प्रदान गर्दछ ।
