Google search engine
Homeसमाचार | NEWSखेलकुद | SPORTSमुख्य प्रायोजनका लागि तेस्रो पटक १० वर्षे सम्झौता,आहा ! रारा पोखरा...

मुख्य प्रायोजनका लागि तेस्रो पटक १० वर्षे सम्झौता,आहा ! रारा पोखरा गोल्डकप

हिमश्री फुड्स प्रा.लि.ले आहा ! रारा पोखरा गोल्डकप प्रतियोगिता, मुख्य प्रायोजनका लागि तेस्रो पटकको रुपमा १० वर्षे सम्झौता गरिएको छ । हिम श्री फुड्स प्रा.लि.का कार्यकारी अध्यक्ष प्रेम कुमारी केसी र साहारा क्लबका अध्यक्ष हरिराम गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरि १० वर्षका लागि संझौता गर्नुभएको हो । बार्षिक रुपमा आगामी पहिलो ३ बर्ष १८ लाख, दोश्रो ३ बर्ष २१ लाख, तेश्रो ३ बर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैया प्रतियोगिताको लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो । कार्यक्रमको अवसरमा बोल्नुहुँदै, हिमश्री फुड्स प्रा.लिका निर्देशक द्धय प्रकाश केसी र किरण केसीले स्वर्गीय वुवा सुर्य केसीले देखाउनु भएको मार्गदर्शनमा हिड्नुका साथै वाँकी रहेको उहाँको सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समाजसेवी उद्योगपति तथा पूर्व सांसद समेत रहनुभएका केसीले २०५९ सालमा आहा गोल्डकपद्धारा १० बर्ष सम्झौता गर्नुभएको थियो । त्यसै गरी २०६९ देखि २०७८ को लागि दोश्रो पटक आहारारा गोल्डकप नामाङकरण गरी १० बर्ष सम्झौता गरिएको थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले प्रतियोगिता संचालन गर्दा पोखरा रंगशालामा सरसफाई शुल्क लिएतापनि अन्यको शुल्क लिन नमिल्ने बारे बोल्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङ, सहारा क्लब हंकङका अध्यक्ष दिपक गुरुङ नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष रामकृष्ण ज्ञावली लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments