दमौली । सौन्दर्य प्रतियोगिता मिस नेपाल-२०२२ को प्रतिस्पर्धामा तनहुँकी डा. गंगा तमूस्यो प्रतिस्पर्धीको रुपमा सहभागी भएकी छन् । शुक्लागण्डकी-५ बेलचौतारा निवासी तमूस्यो प्रतियोगिताको टप २४ मा पर्न सफल भएकी हुन् ।
प्रतियोगिताको फाइनल असार ४ गते हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने अन्तिम स्पर्धामा २४ प्रतियोगीमध्ये एक ‘मिस नेपाल’ छानिनेछिन् ।
तमूस्योले खल्ती एप्सबाट आफूलाई भोट गरी विजयी गराउन आग्रह गरेकी छन् ।
प्रकाशित मिति :जेठ ३०, २०७९ सोमवार – २२:१३:२० बजे