मिलन वोर्ल्ड डट न्युजका अध्यक्ष गुरुङले जिफान साँझलाई तिन लाख सहयोग
पोखरा । मिलन वोर्ल्ड डट न्युज( www.milanworld.news )का अध्यक्ष, मिलन डी जी इन्टरनेसनल प्रालीका अध्यक्ष एवं जिफानका सल्लाहकार दुर्गा मिलन घोताने गुरुङले गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) को जग्गा खरिद तथा भवन निर्माणको लागि ३ लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम मिलन फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष देवी गुरुङले जिफानका अध्यक्ष गुन्ज बहादुर गुरुङलाई हस्तान्तरण गरेको थियो |
गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) को जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलनार्थ कास्कीको पोखरा महानगरपालिकामा ‘जिफान साँझ’ आयोजना गरेको हो ।
यही मंसिर २४ गते शनिबार पोखरा सभागृहमा विभिन्न कलाकारहरुको प्रस्तुतिसहित जिफान साँझ सम्पन्न भएको हो । जिफान अध्यक्ष गुन्जबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम माउ संस्थाका अध्यक्षहरुले संयुक्तरुपमा गुरुङहरुको संस्कारअनुसार उद्घाटन गरेका थिए । त्यसपछि कार्यक्रममा जिफान अध्यक्ष गुन्जबहादुर गुरुङले १ लाख रुपैयाँ सहयोग गरेर घरजग्गा खरिद शुभारम्भ गरेका थिए ।
सो साँझमा कलाकारहरु धनबहादुर गुरुङ, रामकुमार (आरके) गुरुङ, उषा गुरुङ, प्रिया गुरुङ, शरण गुरुङ, केस गुरुङ, राजबहादुर गुरुङलगायतले मीठा मीठा प्रस्तुति पस्केका थिए । ‘कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम भयो । गायक/गायिकाले राम्रो प्रस्तुति दिनुभएको थियो । पोखरा र काठमाडौंका कलाकारहरु सहभागी हुनुहुन्थ्यो,’ अध्यक्ष गुरुङले गोर्खा मिडियासँग भने ।
कार्यक्रममा सबभन्दा बढी हङकङ निवासी जिफानका सल्लाहकार दुर्गा मिलन घोताने गुरुङले ३ लाख रुपैयाँ सहयोग गरेका थिए । अन्य उपस्थित र अनुपस्थित व्यक्तिहरुले पनि गच्छेअनुसार सहयोग दिएका अध्यक्ष गुरुङले जनाए ।
कार्यक्रममा प्ये ल्हु संघका हितकाजी टु क्ल्हेप्री तमु, बौद्ध अर्घौं सदनका अध्यक्ष क्या भुवनसिंह गुरुङ, जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङ, सल्लाहकार कृष्णबहादुर गुरुङलगायतले सुझाव र शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्ष गुन्जबहादुर गुरुङले जिफानको आफ्नै घर नहुँदा अफिस घरी घरी सार्नु पर्दा समस्या भएकोले आफ्नै घर बनाउने विषयमा कमिटी र सरोकारवालासँग सल्लाह गरेर अगाडि बढेको सुनाए । उनले संस्थाको जग्गा किनेर घर बनाउने अभियान सुरु भएकोले पूर्णता दिइ छाड्ने संकल्प राखेका थिए । जिफानले घर तथा जग्गा खरिदका लागि लगभग ५ करोड रुपैयाँ बजेट चाहिने अनुमान गरेको छ ।
कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसँग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्य, गुरुङ चलचित्रका कलाकारको आकर्षक नृत्यसमेत प्रस्तुत गरिएको थियो । २०६५ सालमा स्थापना भएको जिफानमा हालसम्म १ सय ६० वटा चलचित्र दर्ता भएका छन् । २०५२ सालमा पातें निर्माण गरेपछि सुरु भएको गुरुङ चलचित्र देशको दोस्रो ठूलो बजारको रुपमा हेरिन्छ । जिफान साँझमा गोर्खा मिडिया, मिडिया पार्टनरको रुपमा रहेको थियो ।
फोटो एल्बम
अन्य सम्पूर्ण फोटो हेर्न को लागि मणी गुरुङ भिडिओ एण्ड फोटोग्राफी फेसबुक पेजमा जानु होला
Mani Gurung Video & Photography | Pokhara | Facebook
जिफान सांझ – २०७९ सभागृह पोखरामा सम्पन्न P-1 Facebook
जग्गा खरिद तथा भवन निर्माणार्थ पोखरामा ‘जिफान साँझ’ सम्पन्न P-2