Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALमिलन फाउन्डेसनद्वारा मिलन प्रगतिशील महिला कृषक समूहलाई यान्त्रिक हलो हस्तान्तरण

मिलन फाउन्डेसनद्वारा मिलन प्रगतिशील महिला कृषक समूहलाई यान्त्रिक हलो हस्तान्तरण

जेठ १५ / मे २९ | मोदि ,पर्वत । मिलन फाउन्डेसन नेपालद्वारा मिलन प्रगतिशील महिला किसान समूह मोदि-५ बाजुङ फलाल्ने, पर्वतलाई उनान्साठी हजार दुई सय बराबरको एक थान यान्त्रिक हलो बुधबार  हस्तान्तरण गरेको छ ।

मिलन फाउन्डेसन नेपालका संरक्षक दुर्गा गुरुङ मिलन र अध्यक्ष गंगा गुरुङको आर्थिक सहयोगमा मिलन प्रगतिशील महिला कृषक समूहकी अध्यक्ष दुर्गा अधिकारीलाई फाउन्डेसनका कार्यबाहक अध्यक्ष देवी कुमारी गुरुङले उक्त यान्त्रिक हलो प्रदान गर्नुभएको हो ।

महिला समूहलाई आधुनिक कृषि प्रति उन्मुख गरि आय आर्जनमा सघाउ पुर्याउने हेतुले फाउन्डेसनले सहयोग गरेको संरक्षक दुर्गा गुरुङ मिलनले गोर्खाली रेडियोसंगको कुराकानीमा बताउनुभयो ।

फाउन्डेसनले यस अधि सो संस्थालाई अत्यावश्यक सामाग्री जस्तै साउण्ड सिस्टम , कुर्सी , टेबुल , भाडाकुडा सहयोग गरिसकेको छ ।  फाउन्डेसनका अध्यक्ष गंगा गुरुङको अनुसार उक्त संस्थाको मुख्य उदेश्य कृषि र सामाजिक क्षेत्रमा काम गर्ने रहेको छ ।

त्यसो त गाउँमा कृषिबाट उत्पादित बस्तुलाई बजार व्यवस्थापन गरि सोबाट आएको केहि प्रतिशत रकम सामाजिक क्षेत्रमा लगाउने र महिला दिदीबहिनीहरुको सक्रियता बढाइ भविस्यमा सामुहिक खेती गर्ने योजना रहेको छ ।

सो समुहका संरक्षक समेत रहनुभएका साबित्री गुरुङले फाउन्डेसनकै सहयोगमा समूहको लागि आवश्यक कार्यालय बन्दै गर्नुका साथै आवश्यकताको पहिचान गरि टर्नेल , मिल पनि उपलब्ध गराउने बताउनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments