Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALमिलन फाउन्डेशन नेपाल र मिलन वर्ल्ड डट न्युजद्धारा पोखराका पत्रकारहरुलाई सम्मान

मिलन फाउन्डेशन नेपाल र मिलन वर्ल्ड डट न्युजद्धारा पोखराका पत्रकारहरुलाई सम्मान

मिलन फाउन्डेशन नेपाल, मिलन ट्रष्ट २०७४, मिलन डी.जी. इन्टरनेसनल प्रा ली , मिलन वर्ल्ड डट न्युज र आयुक अर्गानिक कृषि फर्मको संयुक्त आयोजनामा पोखरामा भएका भर्खरै निर्वाचित तमु पत्रकारहरुलाई स्वागत, सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

हालै लमजुङको क्होंला सोंथर गाउँपालिका वडा नं ६ पसगाउँमा सम्पन्न भएको तमू ,गुरुङण सञ्चारकर्मी संघ नेपालको चौंथो राष्ट्रिय महाधिवेशनबाट निवार्चित महासचिव रोशनी गुरुङ तथा सदस्यहरु मणिलाल गुरुङ, खिमा गुरुङ, नविन गुरुङ र किरण गुरुङ एवम् गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनका प्रेस संयोजक रुद्र श्रीषमगरलाई मायाको चिनो, खादा फेटा र पछयौरी ओढाएर मिलन ट्रष्ट २०७४की संरक्षक सावित्री गुरुङले सम्मान गर्नुभएको थियो ।


सो अवसरमा मिलन ट्रष्ट २०७४कि संरक्षक सावित्री गुरुङ मिलन डी.जी. इन्टरनेसनल एवं मिलन वर्ल्ड डट न्युजका अध्यक्ष दुर्गा गुरुङ “मिलन”, र मिलन फाउन्डेशन नेपालकि अध्यक्ष गंगा कुमारी गुरुङले सबै पत्रकारहरुलाई आउने दिनमा अझै प्रगति गर्दै अगाडी बढन आर्शीवाद तथा शुभकामना दिनुभयो ।

उक्त कार्यक्रममा दुर्गा गुरुङ मिलन संरक्षक रहनुभएकाे दिदिबहिनीहरुकाे सामाजिक संस्था तमुस्यो रि च्हमीका अध्यक्ष अध्यक्ष गौरी तमुले पनि नवनिर्वाचित तमु पत्रकारहरुलाई खादा लगाई स्वागत, सम्मान र बधाई दिएका थिए |
यसैबीच सोहि कार्यक्रममा मिलन फाउन्डेशनकै मातहतमा सञ्चालित आयुक आर्गनिक कृषि फर्मको समेत आजैबाट शुभारम्भ गरिएको छ ।

{vsig}photos/kholakhet-ayak-farm/{/vsig}
पर्वतको मोदी गाउँपालिका वडा नं. ५  बाजुङ ,खोला खेतमा निर्माणाधिन अवस्थामा रहेको र सो फर्मबाट आगामी दिनमा माछा, फलफूल, ताजा तरकारी लगायत कृषि सम्बन्धी सबै सामग्री उत्पादन गरिने जानकारी दिनुभयो साथै  अायका सबै मुनाफाहरु मिलन फाउन्डेसन नेपाल द्धारा सामाजिक काम का लागि सहयोग गरिने मिलन फाउन्डेशन नेपालीका प्रवक्त रुद्र श्रीस मगरले जानकारी दिनुभयो ।

फोटो एल्बम ;

{vsig}photos/badhai_samman_milan/{/vsig}

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments