मिलन फाउन्डेशनद्धारा तमू सञ्चारकर्मीलाई ३४ थान प्रेस ज्याकेट र १० हजार आर्थिक सहयोग
६ असार २०७७, शनिबार
मिलन फाउन्डेशन नेपालद्धारा तमू सञ्चारकर्मीहरुलाई ३४ थान प्रेस ज्याकेट प्रदान गरिएको छ ।
कोरोना महामारीको बेलामा कार्यक्षेत्रमा खटिएर रिपोर्टिङ गर्ने तमू पत्रकारहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले सो ज्याकेट प्रदान गरिएको फाउन्डेशनले जनाएको छ । प्रदान गरिएको ३४ ज्याकेट २४ हजार ६ सय ५० रुपैंयाँ बराबरको रहेको छ ।