मिलन फाउण्डेशन नेपालद्वारा जाडोमा विद्यार्थीलाई न्यानो पोशाक वितरण गरे
पौष १२,पर्बत जिल्लाको मोदिगाउपालिका को पातिचौर बजार स्थित श्री पशुपति आधारभूत बिद्यालय मा यस जाडोको मध्य समयमा विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको छ |मिलन फाउन्डेसन नेपाल नामक संस्थाले सो कार्य गरेको हो | स्थानीय कम्जोर आर्थिक स्थिति भएका करीब ६० जना विद्यार्थीलाई उनीका स्वेटर,मोजा,टोपी बितरण गरिएको छ |आज दिउसो बिद्यालयमा आयोजित एक समारोहमा उक्त वितरण कार्य गरिएको हो |
उक्त समारोहमा संस्थाको तर्फबाट कार्यबाहक अध्यक्ष देबिकुमारी गुरुङ, सचिब खड्क बहादुर गुरुङ, कार्यक्रम संयोजक हितकाजी गुरुङ, प्रचारप्रसार संयोजक मणिलाल गुरुङ लगायत एघार जनाको उपस्थिति रहेको थियो भने मोदिगाउपालिका शिक्षा संयोजक झक प्रसाद गौतम, मोदी गा.पा. वार्ड नं-२ का वार्ड अध्यक्ष बिकाश तिमिल्सिना, समाजसेवीहरु जय बहादुर अखेली, मन बहादुर के.सी., याम बहादुर मेधासी, इन्द्रप्रसाद तिमिल्सिनाको उपस्थिति रहेको थियो | बिद्यालयका बि व्य.स. का सदस्यहरु, शिक्षक अभिभाबक संघका सदस्यहरुको पनि उपस्थिति रहेको थियो | यस कार्यक्रमको प्रमुख अतिथिमा मिलन ट्रस्ट संरक्षक सावित्री गुरुङ रहनु भएको थियो|
उक्त पोशाक वितरण कार्यक्रममा बोल्दै संस्थाका संयोजक क्या.हितकाजी गुरुङ ले धेरै सहयोगी हातहरु भएको यस विद्यालयको भाबिस्व उज्ज्वल रहेको र सबैले आ-आफ्नो ठाउबाट सक्दो सहयोग गर्न सके मात्र विद्यालयको प्रगति हुने बताउनु भयो | विद्यार्थीलाई पोशाक र पैसा वितरण गर्दै कार्यक्रमकी संयोजक देबिकुमारी गुरुङले आफ्नो संस्थाको तर्फबाट सानो सहयोग मात्रै रहेको र यसबाट पनि विद्यार्थीको पठनपाठनमा केहि केहि सहयोग हुन सक्ने आशा व्यक्त गर्नु भयो |
यस संस्थाले यस अघि पनि पाल्पा, बाजुंग, कास्की, लम्जुंग,चितवन, पर्बत, आदि स्थानमा पुस्तकालय स्थापना, भूकम्प राहत वितरण, तेक्वान्दो ट्रेनिंग, आँखा शिबिर संचालन, खेलकुद सामाग्री वितरण,सामुदायिक भवन निर्माण साथै रास्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई जर्सी वितरण गर्दै आएको कुरा संस्थाका सचिब खड्क बहादुर गुरुङ ले बताउनुभयो |

