Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALमिलन डि.जी इन्टरनेशलद्धारा मोदीका ब्याडमिन्टन खेलाडीलाई पोशाक प्रदान

मिलन डि.जी इन्टरनेशलद्धारा मोदीका ब्याडमिन्टन खेलाडीलाई पोशाक प्रदान

मिलन डि.जी इन्टरनेशलद्धारा मोदीका ब्याडमिन्टन खेलाडीलाई पोशाक प्रदान

पर्वत : मोदी ब्याडमिन्टन संघमा आबद्ध रहेर ब्याडमिन्टन खेल्दै आएका मोदी गाउँपालिकाका खेलाडीहरुलाई खेल पोशाक वितरण गरिएको छ।


शिक्षा, स्वास्थ्य र मनोरञ्जनदेखि सामाजिक सेवाका क्षेत्रमा समेत आर्थिक तथा भौतिक सहयोग गर्दै आएका मिलन फाउण्डेसनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ ले मिलन डि.जि. इन्टरनेशनलका तर्फबाट खेलाडीहरुलाई जर्सी उपलब्ध गराएका हुन्। बुधबार मोदी गाउँपालिकाको डिमुवामा रहेको ब्याडमिन्टन कभर्ड हलमा आयोजित कार्यक्रममा मिलन फाउउण्डेसनकी कार्यबहाक अध्यक्ष तथा मिलन डि.जी इन्टरनेशनलकी सल्लाहकार देवी गुरुङले खेलाडीहरुलाई पोशाक वितरण गरेकी हुन्।


पोशाक उपलब्ध गराउँदै सल्लाहकार गुरुङले मिलन डि.जी. इन्टरनेशनलले विगतदेखि नै सामाजिक कार्यहरुमा सहयोग उपलब्ध गराउँदै आएको बताउँदै खेलाडीहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताईन्। मानिसको स्वास्थ्य अवस्थामा ठीक भएमा मात्रै उसले गर्ने हरेक क्रियाकलापहरु पनि स्वस्थ हुने भएकाले स्वास्थ्य प्रबद्र्धनको लागि हरेक व्यक्ति सजग रहनुपर्ने बताईन्। संस्थाका संरक्षक दुर्गा गुरुङले खेलाडीहरुलाई गरिने प्रोत्सहानले स्वस्थ र अनुशासित समाज निर्माण गर्नको लागि सहयोग पुग्ने विश्वासका साथ आफू हङकङमा रहेर पनि जिल्लाका खेलाडीहरुलाई सहयोग उपलब्ध गराएका हुन्।


कार्यक्रममा बोल्दै खेलमा समेत सहभागी भएका मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले आगामी दिनमा पनि संस्थाबाट यस्तै रचनात्मक सहयोगको अपेक्षा रहेको बताए। निजी संस्थाले खेलाडीहरुलाई हौसला बढाउनको लागि पोसाक उपलब्ध गराउनु खुसीको कुरा रहेको भन्दै उनले समाजसेवी गुरुङप्रति आभार व्यक्त गरे।


कार्यक्रममा मिलन फाउण्डेसनको तर्फबाट जयप्रकाश गुरुङ, मदन गुरुङ र जीवन मल्लको पनि सहभागिता रहेको थियो। संघका अध्यक्ष योगेन्द्र लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका सचिव विक्रम भुवाजीले गरेका थियो। संघका अध्यक्ष लामिछानेले संस्थाले गरेको सहयोगले आफूहरुलाई प्रोत्साहित गरेको बताउँदै आगामी दिनमा पनि खेल वा सामाजिक सेवाका क्षेत्रमा मिलन फाउण्डेसन र मिलन डि.जी इन्टरनेशनलसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए।
सोही अवसरमा संस्थाले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै ब्याडमिन्टन संघले मिलन डि.जी इन्टरनेशनललाई प्रशंसापत्र प्रदान गरेको थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments