Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALमिलन ग्रुपको आयोजनामा बाजुङमा बृहत शैक्षिक एवं साँस्कृतिक कार्यक्रम हुने

मिलन ग्रुपको आयोजनामा बाजुङमा बृहत शैक्षिक एवं साँस्कृतिक कार्यक्रम हुने

मिलन ग्रुपको आयोजनामा बाजुङमा बृहत शैक्षिक एवं साँस्कृतिक कार्यक्रम हुने

फाल्गुन १५, पोखरा | मिलन ग्रुप अफ नेपालको आयोजनामा आउँदो फागुन १९ गते पर्वतको मोदी गाउँपालिकामा बृहत शैक्षिक एवं साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ ।

‘स्थानीय कला संस्कृतिको प्रवर्द्धन गरौँ, बाल प्रतिभाको खोजी थालौँ । समाजका लागि मिलन ग्रुप अफ नेपालको लगानी, समाजसेवाको दीप बाल्न गरौँ आजैबाट थालनी’ भन्ने मुल नाराका साथ ‘मिलन ग्रुप अफ नेपाल’ को स्थापनाको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।

मोदी गाउँपालिका–५ बाजुङ स्थित महेन्द्र शिखरी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने कार्यक्रममा वडा स्तरमा प्रा.वि. तहका विद्यालयहरु सहभागी हुन पाउने गरी लोक नृत्य प्रतियोगिता राखिएको छ । जसमा प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाई क्रमशः नगद सात हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ सहित प्रमाण पत्र राखिएको छ । सोही दिन नै पालिका स्तरमा माध्यमिक विद्यालयहरु सहभागी हुन पाउने गरी वक्तृत्वकला प्रतियोगिता राखिएको छ । जसमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना बन्नेहरुले क्रमशः सात हजार पाँच सय, पाँच हजार पाँच सय, तीन हजार पाँच सय र दुई हजार पाँच सय रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिने मिलन ग्रुप अफ नेपालले बताएको छ ।

कार्यक्रममा रत्यौली तथा भजन सहित पञ्चेबाजाको प्रस्तुती पनि राखिएको छ । यसमा सहभागी हुने सबै समूहलाई प्रोत्सहानका लागि तीन हजार रुपैयाँ सहित प्रमाणपत्र दिइने तथा उत्कृष्ट एक समूहलाई पुरस्कार पनि दिइने छ ।
कार्यक्रमको सहआयोजकमा मिलन फउण्डेसन नेपाल, मिलन डि.जी इन्टरनेशनल प्रा.लि र मिलन ट्रस्ट २०७४ रहेका छन् । यो कार्यक्रमको आयोजना गरेको मिलन ग्रुप अफ नेपालमा अन्य सदस्य संस्थाहरु आवद्ध रहेका छन् । तिनीहरु मिलन फउण्डेसन नेपाल, मिलन डि.जी इन्टरनेशनल प्रा.लि, मिलन ट्रस्ट २०७४, बाजुङ शैक्षिक प्रतिष्ठान, तमुस्यो रि–च्हमी परिवार, मिलन वल्र्ड डट न्यूज, मिलन पुस्तकालय पाल्पा, मिलन बहुउद्धेश्यीय महिला कृषक समूह, मिलन प्रगतिशिल महिला कृषक समूह, मिलनशिल दलित कृषक समूह, बाजुङ स्वास्थ्य अक्षयकोष, नरबहादुर गुरुङ स्मृति अक्षयकोष, आयुक अर्गानिक कृषि फर्म, मिलन किवी फर्म, मोदी युवा सञ्जाल बाजुङ र मिलन विपन्न महिला कृषक समूह रहेका छन् ।

बृहत शैक्षिक एवं साँस्कृतिक कार्यक्रम मिलन ग्रुप अफ नेपालका संयोजक तथा समाजसेवी दुर्गा घोताने गुरुङ ‘मिलन’ कै अध्यक्षतामा सम्पन्न हुन लागेको हो । बाजुङकै फलाल्नेमा घर भई हाल हङकङ बस्दै आएका गुरुङ लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै सामाजिक सेवाकै लागि बिभिन्न सदस्य संस्थामार्फत आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेका छन् । पर्वत मञ्च हङकङको अध्यक्ष र नेपाली जनप्रगतिशिलि मञ्च हडकका अध्यक्ष समेत रहेका गुरुङले पर्वत् जिल्ला सहित देशका बिभिन्न स्थानमा रहेका बिद्यालय, समुदाय, आर्थिक समस्यामा परेका, विपन्न, गरिव तथा दलित, बिद्यार्थी, यूवा क्लब लगायतलाई पनि आर्थिक तथा भौतिक सहयोगहरु ग्र्दै आइरहेका छन् । सुरुमा ‘मिलन फउण्डेसन नेपील संस्था स्थापना गरेको भए पनि अन्य संस्थाहरुको सङ्ख्या धेरै भएपछि ‘मिलन ग्रुप अफ नेपाल’ लाई छाता संस्थाका रुपमा राखेर अन्य संस्थाहरुलाई यही छाता संस्थाको सदस्य संस्थाका रुपमा राखिएको छ ।

सोही अवसरमा तीन वटा विद्यालयका बिद्यार्थीहरुलाई जाडो छल्नका लागि न्यानो कपडा पनि वितरण गर्न लागिएको आयोजक मिलन ग्रुप अफ नेपालले बताएको छ । नृत्य, वक्तृत्वकला मुख्य कार्यक्रमहरु भएको भए पनि अन्य धेरै साना कार्यक्रमहरु पनि सञ्चालन गर्न लागिएको छ । कार्यक्रममा कलाकारहरुद्धारा बिबिध सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत हुने छन ।

सोही कार्यक्रममा समाजसेवी गुरुङले संस्थाका तर्फबाट निर्माण गरेका बाटो, कुलो, चौतारा, लगायतका पूर्वाधारहरु स्थानीयलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि राखिएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments