Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALमिरुवा तमु समाज भवन उद्घाटन, संस्थापक, पुर्वअध्यक्षहरु र सहयोगीहरु सम्मानित

मिरुवा तमु समाज भवन उद्घाटन, संस्थापक, पुर्वअध्यक्षहरु र सहयोगीहरु सम्मानित

मिरुवा तमु समाज भवन उद्घाटन
संस्थापक, पुर्वअध्यक्षहरु र सहयोगीहरु सम्मानित
आकाश गुरुङ/पोखरा, २१ फागुन

पोखरा २ मिरुवा क्षेत्रमा बसोबास गर्ने तमुहरुको साझा संस्था,तमु धिं नेपालको क्षेत्रिय समाज मिरुवा तमु समाज भवनको शनिवार उद्घाटन गरिएको छ। समाज भवन उद्घाटन एवम ल्होछार कार्यक्रमका बिच भवनको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो।

विसं. २०५० सालमा स्थापित भई २०६७ सालबाट क्रमिक रुपमा करिब १ करोड ५० लाखको लागतमा निर्माण गरिएको भवनको उद्घाटन गर्नु हुदै प्रमुख अतिथि तमु धिं गुरुङ तो ल्होले सम्पुर्ण तमुहरुलाई एकता, हरेक क्षेत्रमा उत्कृष्ठता, सामुदायिक अधिकारका लागि सचेत, राजनीतिक क्षेत्रमा नेतृत्व प्रदान गर्न सकोस भन्ने शुभकामना दिनुभयो। उहाँले विगतदेखि विभेदमा पारिदै आएका तमुहरु अब सचेत हुनुपर्दछ, शिक्षामा जोड दिनुपर्दछ, आफ्नो मौलिकता संरक्षण पहल, युवा पुस्तालाई नेपालमै सपना देख्ने वातावरण दिनुपर्ने बताउनुभयो।

तमु समुदायले सामुदायिक रुपमा समाजलाई सभ्य, व्यवस्थित बनाउन धेरै योगदान दिदै आए पनि राज्यसँग समन्वय हुन नसकेकाले पाउनुपर्ने योजना, कार्यक्रमहरु प्नि प्राप्त गर्न नसकेको बताउनुभयो। नेताहरु समाज, समुदायसँग भोटको मात्रै अपेक्षा गर्ने, कुनै कार्यक्रम योजनाका लागि नाम समेत नलिने परिपार्टी जननिर्वाचित प्रतिनिधिहरु हटाउन सुझाउनुभयो। अरुहरुले हाम्रा भावना नबुझने भएकाले आगामी निर्वाचनमा तमु उम्मेदवारहरुलाई साथ सहयोग गर्नु तमुहरुको दायित्व भएकोमा जोड दिनुभयो।

कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिका वडा नं.२ का वडाअध्यक्ष रामेश्वर मल्लले शुभकामना व्यक्त गर्नुहुदै दिन जान्ने लिन नजान्ने इमान्दार तमुहरुको भावनाको सम्मान व्यक्त गर्नुभयो। उहाँले वडाको आगामी जनप्रतिनिधिले मिरुवा तमु समाजलाई सम्झनुपर्ने बताउनुभयो।

यसरी नै शुभकामना व्यक्त गर्नु हुदै सिमपानी तमु समाजका अध्यक्ष ना.सु.गंगाबहादुर तमुले एकताबाटै शक्ति प्राप्ति हुने भएकाले तमुहरुको एकजुट हुनुपर्ने बताउनुभयो। उहाँ सम्पुर्ण तमुहरु एक भएको भए तमुवानको आन्दोलनले केही न केही उपलब्धि हासिल गथ्र्यो भन्नुभयो।

सुखवती बौद्ध गुम्बाका अध्यक्ष बमबहादुर तमुले शुभकामना व्यक्त गर्नुहुदै जनप्रतिनिधीहरुले सबैलाई समान व्यवहार नगरेको गुनासो समेत गर्नुभयो।

कार्यक्रममा समाजको संस्थापक सल्लाहकार बिरी तमुले शुभकामना एवम आर्शिवाद व्यक्तगर्नुभएको थियो। यसरी नै भवन निर्माण समितिका अध्यक्ष रुमबहादुर तमुले शुभकामना व्यक्त गर्नुहुदै भवन निर्माणका पहलका बारेमा जानकारी एवम सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा समाजका संस्थापकहरु, पुर्वअध्यक्षहरु, सहयोगदातमरुलाई सम्मान गरिएको थियो। उक्त कार्यक्रममा समाजका आमा समिति एवम कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिसहित मनोरञ्जना दिलाएका थिए।

समाजका अध्यक्ष प्रेमबहादुर तमुको अध्यक्षता, उपाध्यक्ष राजमान तमुले स्वागत र सचिव खर्कमान तमुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने तमु ल्होछारको स्योंकैको समेत कार्यक्रम रहेको थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments