Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALमाछापुच्छ्रे गाँउपालिका एकिकृत बस्ती विकास योजनाकाबारे अन्तरक्रिया

माछापुच्छ्रे गाँउपालिका एकिकृत बस्ती विकास योजनाकाबारे अन्तरक्रिया

माछापुच्छ्रे गाँउपालिका एकिकृत बस्ती विकास योजनाकाबारे अन्तरक्रिया
मर्दीदेखि तातोपानीसम्म सडक, कोटडाडामा पर्यटकीय पार्क र लाहाचोकमा सभाहल निर्माण हुने
हुम तमु/ पोखरा, २९ भदौशहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अन्र्तगत माछापुच्छ्रे गाँउपालिका एकिकृत बस्ती विकास योजनाका बारे अन्तरक्रिया आइतवार घाचोकमा सम्पन्न भएको छ।


एकिकृत माछापुच्छ्रे गाँउपालिका बस्ती विकास योजनाबारे शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागका विज्ञ समुह संयोजक डा.केदार दाहालले एकिकृत बस्ती विकास योजनाका बारेमा जानकारी गराउनुभएको थियो। उहाँले उक्त योजना अन्र्तगत माछापुच्छ्रे गाउपालिकाको रणनीतिक योजना तयार गर्नका लागि माछापुच्छ«ेको बस्तुस्थिती तथा विश्लेषण गर्नुहुदै योजनाका लागि कार्यक्रमका सहभागीहरुबाट सल्लाह सुझावका लागि आग्रह गर्नुभएको थियो।उहाँको उक्त योजना अन्र्तगत पहिलो चरणको प्राथमिक सडक, सामुदायिक भवन, पार्क निर्माण रहेको बताउनुभयो । शहरी विकास मन्त्रालयको बहुवर्षिय योजना भएकाले आफुहरुले समग्र माछापुच्छ्रे गाउपालिकाको विकासका लागि आवाश्यक योजनाहरु तयार गर्ने बताउनुभयो। यसरी नै समुहका विकास विज्ञ कृष्ण तिमिल्सिनाले योजनाका बारेमा जानकारी दिनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउपालिकाकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी दवाडीले समग्र माछापुच्छ«ेको विकासका लागि गाँउपालिका सधै जुटिरहेको र गाँउपालिकाबासी सधै सकारात्मक सहयोग गर्न तयार रहेको बताउनुभयो। उक्त योजना वडा नं. १ र ३ बाट शुरु गर्ने तयारी रहेकोमा खुशी व्यक्त गर्नुहुदै सडक, सामुदायिक भवन, पार्क मात्रै नभएर पर्यटकीय पदमार्ग, पुल, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य लगायतको विकासका लागि साय सहयोगको अपेक्षा गर्नुभयो।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष पुर्ण शाहीले शुभकामना व्यक्त गर्नुहुदै विज्ञ समुहले सडक, सामुदायिक भवन, पार्क मात्रै नभएर पर्यटकीयस्थल, धार्मिक, कोल्डस्टोरेज, दुग्ध प्रशोधन केन्द्र, मोटोरेबल पुलहरु लगायतको आवाश्यकता रहेको बताउनुभयो। उहाँले पहिलो चरणको कार्यक्रम अन्र्तगत सामुदायिक भवन निर्माणका लागि आफ्नो वडाको लाहाचोकमा ४० रोपनी जग्गा उपलब्ध गराउन तयार रहेको बताउनुभयो।

कार्यक्रममा सहभागी स्थानियबासीले वडा नं. १ र ३ केन्द्रीत कार्यक्रम हुनुपर्ने, बनेटाकुरा देखि घाचोकहुदै धिप्राङ, तातोपानीम्मको सडक, अन्य सडकहरु स्तरोन्नति, कोटडाडामा पर्यटकीय पार्क, पिपरासम्म केवलकार, घाचोक–सार्दिखोला झोलुङ्गेपुल र बञ्जी, पर्यटन, शिक्षा, स्वास्थ्य, बसपार्क लगायत विविध योजनाहरु समावेशका लागि आग्रह गरेका थिए ।

कार्यक्रमा समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश इञ्चार्ज गणेशमान गुरुङले शहरी विकास मन्त्रालय मार्फत आफुहरुको पहलमा घाचोक क्षेत्रको बृहत्तर विकासका लागि स्र्माट गाँउ बनाउने सोंचका अनुसार योजना प्राप्त भई अध्ययन र डिइडि शुरु भएकाले सबैको साथको लागि अनुरोध गर्नुभयो। विकासमा कसैले राजनीति प्रवेश नगराउन उहाँको आग्रह थियो।

एकिकृत बस्ती विकास स्थानीय सरोकार समितिका संयोजक गिरीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाँउको विकासका लागि आफुहरुको विशेष पहलमा बहुवर्षिय योजना प्राप्त भएकोमा सफल बनाई वडा नं. १ र ३ लगायत माछापुच्छ«े गाउपालिको विकासका लागि सबै एकजुट हुन आग्रह गर्नुभयो। समितिका संयोजक गिरीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सचिव आसकुमार गुरुङले सञ्चालन गर्नुभएको थियो।

उक्त योजनाका लागि विज्ञहरु डा.केदार दाहालको नेतृत्वमा विकासविद कृष्णप्रसाद तिमिल्सिना, भुगोलविद निर्मल अधिकारी, ईञ्जिनियर बीरबल सुनारले शनिवार र आइतवार माछापुच्छ्रे गाउपालिकाका विभिन्न गाउका साथै वडा नं. १ र ३ को अवलोकन गर्नुभएको थियो। कार्यक्रममा गाँउपालिका कार्यबाहक अध्यक्ष कृष्णकुमारी दवाडीसहित वडा नं. १ का वडा अध्यक्ष विरेन्द्र गुरुङ, ३ का अध्यक्ष सुर्यप्रसाद लम्साल, ४ का वडा अध्यक्ष पुर्ण शाहीसहित स्थानीय संघ संस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो।

उक्त छलफलले बानेटाकुरादेखि तातोपानीसम्मको सडक, कोट डाडामा पर्यटकीय आकर्षक पार्क र लाहाचोकमा सामुदायिक भवन निर्माणका लागि सर्वे गर्न सुझाव दिने निर्णय गरेको समितिका अध्यक्ष गिरीप्रसाद गुरुङले जानकारी दिनुभयो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments